सर्वाेच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई किन हिरासतमा राखेको भन्दै कारण देखाउ आदेश जारी गरेको छ । पौडेलको रिहाइको माग गर्दै हालिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वाेच्चले कारण देखाऊ आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेसँगै उनी प्रहरी हिरासतमै रहने भएका छन् ।
सम्पत्ति शुद्धिकरणको कसुरमा सुर्खेतबाट समातिएका पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले प्रहरीलाई अनुमति दिएको थियो । उनलाई गैरकानुनी थुनामा राखिएको भन्दै श्रीमती दोमाया पौडेलले हिजो बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
विशेष अदालत,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,गृहमन्त्री, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, जिल्ला प्रहरी कार्यालय,अपराध अनुसन्धान तथा कारबाही शाखा, वीरेन्द्रनगरलाई विपक्षी बनाएर दायर मुद्दामा आज सुनुवाईपछि कारण देखाऊ आदेश आएको हो ।







