१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

दक्षिण एशियाकाे व्यापार नीतिमा पुनर्विचार गराैं : चन्द्र ढकाल , अध्यक्ष, उद्योग वाणिज्य महासंघ


२९ मंसिर २०८१, शनिबार  



हरित र समावेशी नीतिका लागि दक्षिण एशियाली मुलुकहरूले व्यापार तथा लगानी नीतिमा पुनर्विचार गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल बताउँछन् ।

अध्यक्ष ढकाल भन्छन् , ‘ व्यापार तथा लगानी नीतिले दक्षिण एशियाली क्षेत्रकाे हरित अर्थात पर्यावरण र कमजोर क्षेत्रकाे संरक्षण र रक्षा गर्नुपर्छ।

शुक्रबार सम्पन्न १५औं दक्षिण एसियाली आर्थिक सम्मेलनको समापन समारोहमा धारणा राख्दै उनले दक्षिण एसियायामा सबैभन्दा तीब्र रुपमा आर्थिक वृद्धि भएको क्षेत्रको रुपमा चिनिए पनि व्यापार र लगानी प्रवाहको क्षेत्रमा सबैभन्दा कमजोर रहेको दाबी गरे ।

गएको दशकयताकाे अवधिमा यश क्षेत्रले आर्थिक एकीकरणको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न नसकेको पनि उनले औंल्याए । यस्तै दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत महसुल घटेका कारण स्वदेशी तथा घरेलु उद्योगमा ठूलो दबाब परेको पनि उनले टिप्पणी थियोे ।

विशेषगरी नेपाल जस्ता सानो अर्थतन्त्र भएका देशहरुमा स्थानीय तथा साना उद्योगलाई संरक्षण र प्रवर्द्धन गर्न कठिनाइ भएको पनि उनको भनाइ थियो । तर ,नेपाली उद्योगले सहयोगी नीति र प्रविधिको क्षमता बिना नै छिमेकी देशहरुका स्थापित उद्योगहरुसँग प्रतिस्पर्धा गर्नुपरेको कहानी उनले थियोे ।यसका लागि साफ्टाले दक्षिण एसियाली क्षेत्रमा व्यापार र लगानी प्रवर्द्धन गर्न सघाउनुपर्ने बताएका थिए ।

यसवाहेक दक्षिण एसियाभित्र नेपालको जलविद्युत क्षेत्र लगायत नवीकरणीय ऊर्जाको क्षेत्रमा व्यापक सम्भावना भएको भन्दै यसले सबै दक्षिण एसियाली देशहरूलाई स्वच्छ ऊर्जा स्रोतहरूमा पहुँच गर्न र जीवाश्म ईन्धनमा निर्भरता घटाउन सक्षम पार्ने पनि सुझाव दिएका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ८ : ०५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित