२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

प्रसाईंविरुद्ध मानवहत्याको अभियोगमा जन्मकैदसम्मको सजाय,मिश्र र राणालाई मतियारको आरोप


१५ चैत्र २०८१, शनिबार  


काठमाडौको तीनकुनेमा राजावादी समूहले शुक्रबार गरेको हिंसात्मक प्रदर्शनलाई उत्तेजित
बनाउने प्रसाईविरू्द्धको अभियोग लगाइने भएको छ।

भीडलाई उत्तिजित बनाउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं मानवहत्याका लागि प्रेरक बनेकोले उनलाई मानव हत्याको अभियोगमा पक्राउ गर्न थालिएको हो ।

सुरक्षाका उच्च अधिकारीका अनुसार हिंसात्मक प्रदर्शनको अगुवाई गर्ने प्रसाईंविरुद्ध मानवहत्याको अभियोगमा मुद्दा चलाउने तयारी भएको हो । शुक्रबार काठमाडौंको कोटेश्वर, तीनकुने क्षेत्रमा भएको हिंसात्मक गतिविधिलाई उक्साहट गर्ने राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलसमशेर राणाविरुद्ध मतियारका रुपमा मुद्दा चलाउने तयारी भएको छ ।

शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले आईजी दीपक थापासँग यसबारे परामर्श गरेका थिए । त्यसक्रममा आईजी थापाले मानवहत्याको अभियोग लगाउने कानुनी आधार रहेको जवाफ दिएका थिए ।

गम्भीर अपराधमा संलग्नहरूलाई त्यसै उन्मुक्ति दिन नसकिने प्रहरीले बताएको छ । प्रधानमन्त्रीज्यू र मन्त्रीले घटनालाई गम्भीर सरोकार राख्नुभएको छ, हदैसम्मको सजाय हुने गरी मुद्दा चल्ने सुरक्षा अधिकारीहरू बताउँछन् ।

यद्यपि कुन मुद्दा लगाउने भन्नेबारे अहिलेसम्म कुनै निश्कर्षमा पुगेको छैन प्रहरी ।मुद्दा लाग्ने अनेक शीर्षक, कारण र आधार छन्, तर कसलाई कुन अभियोगमा मुद्दा चलाउने भन्ने कुराको टुंगो लागिसकेको उनीहरूले बताएका छन् ।

पक्राउ परेका आरोपीलाई आइतबार अदालतमा पेश गरिने भएको छ। त्यसअघि कुन मुद्दामा म्याद थप्ने भन्ने टुंगो लाग्छ ।

मिश्र र राणाले हिंसात्मक गतिविधि हुने कुराको मतियारी गरेको कुरा उनीहरूको अभिव्यक्तिबाटै स्पष्ट हुने प्रहरीले बताएको छ ।

प्रसाईंविरुद्ध मानवहत्याको कसुरमा मुद्दा चलेर ठहर भएमा नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाईझैं सर्वश्वसहित जन्मकैद हुनसक्ने पूर्व प्रहरी अधिकृतहरू बताउँछन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  १० : ०६ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित