२८ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025

सरकार र मौसम विज्ञान विभाग संगसंगै, यश वर्ष ठूलो जनधनको क्षतिमा कमी


१९ आश्विन २०८२, आइतबार  


नीति र प्रविधिको बीचमा जब तालमेल मिल्छ,तब प्राकृतिक तथा मानव सिर्जित विपत्तिबाट हुन सक्ने मानवीय तथा भौतिक क्षतिमा न्यूनीकरण गर्न सकिन्छ । यो कुरा यश वर्षको अविरल वर्षा अघिको पूर्व तयारी र वर्षापछि जनधनको सुरक्षित हुनु हो ।

सरकार भनेको नीति र कार्यक्रम बनाएर कार्यान्वयन गर्ने हो, प्रविधि भनेको विज्ञान हो। सरकारले यश वर्ष विज्ञानलाई पछ्यायो, त्यही अनुसार पूर्व तयारी गर्यो ।यश वर्ष पनि गएको वर्ष जस्तै जल तथा मौसम विज्ञान विभागले यही असोज १७ र १८ मा भीषण वर्षा हुने चेतावनी दियो। विभागले यस्तो चेतावनी गएका वर्षहरूमा दिने मात्रै होइन, उसले गरेको मनुसनी प्रक्षेपण ठ्याक्कै मिल्दै आएको छ।

गएका वर्षहरूमा जनताको जीउधनको सुरक्षा गर्ने विषयमा सरकारहरू जिम्मेवार भएनन् । गएको साल २०८१ असोज ११ र १२ को भीषण वर्षाले दुई सय जनाको ज्यान गयो भने अर्बौको क्षति भएको थियो । तर, यश वर्ष सरकारले विभागले दिएको चेतावनी अनुसार सक्रियताको साथ पहलकदमी लियो। जसको कारण धेरैको ज्यान जोगियो अर्बौंको सम्पत्ति सुरक्षित भयो।

यसो हुनुमा सरकार र विज्ञान संगसंगै अघि बढ्दा सफलता मिलेको हो। विपत रोक्न नसकिएपनि क्षतिको न्यूनीकरण गर्न सकिन्छ भन्ने सन्देश यश पटक सरकारले दिएको छ।विगतका केहि वर्षयता नेपालले मौसम पूर्वानुमानको क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । यश वर्ष झरी र भारी वर्षातको पूर्वानुमान गरिएको थियो । जुन पूर्वानुमान ठ्याक्कै मिलेको पनि छ ।

त्यहि पूर्वानुमानममा आधारित भएर सरकारले नीतिगत निर्णयहरू गर्यो। खरोरूपमा कार्यान्वयनमा गयो, सरकार । सरकारले राजमार्ग आवत जावतमा रोक, विपदको तयारी र तदारूकता आदिमा देखायो । त्यसो नगर्दा पोहोर साल ठूलो जनधनको क्षति भएको थियो । यसपालिको निर्णयले जनधनको क्षति र जनताको दुखलाइ पक्कै कम गर्नेछ ।

अहिलेको पूर्वानुमान प्रणालीको सुधार हुनको कारण हो, जल तथा मौसम विज्ञान विभागमा गरिएको लगानी । विभागले मौसमको पूर्वानुमान गर्दछ । यश निकायमा विगत केहि वर्ष यता भएको स्वदेशी तथा विदेशी लगानी र सहयोगको प्रतिफलबाट जनधनको सुरक्षा गर्न सकिएको हो । मित्र राष्ट्र फिनल्यान्ड सरकारको सहयोगमा सरकारले गणितमा आधारित मौसम पूर्वानुमान प्रणाली जडान गरेको छ।आफ्नै लगानीमा राडरहरू जडान गरिएका छन् । चीन, भारत र जापानका मौसमी स्याटेलाइटहरूले प्रत्येक १०(१० मिनेटमा खिचेका तस्वीरहरू नेपालले सहजै पाउन सकेको छ। जसले गर्दा विभागका पूर्वानुमानहरू ठ्याक्कै मिल्ने गरेको छ ।


मौसम पूर्वानुमान एक किसिमको जटिल विषय हो।अझ नेपाल जस्तो हावापानी र भूवनोट भएको देशमा झनै चुनौतिपूर्ण काम हो । मौसम पूर्वानुमान गर्नेहरूका कयौं भविष्यवाणी मिल्दा मान्छेहरूले त्यसलाइ मतलब गर्दैनन्। तर, केहि पूर्वानुमान मिलेन भने कतिपयले मजाकमा पनि उडाइरहेका हुन्छन् । आखिर जे होस्। मौसमी पूर्वानुमानमा देखिएको सुधार विज्ञानमा गरिएको लगानीको प्रतिफल हो। यसलाई सरकारले भरमधुर उपयोग गर्यो, जसको परिणाम २४ घण्टा लामो भीषण वर्षामा पनि सरकारले नागरिकलाई सुरक्षित राख्न सक्यो भने ठूलो भौतिक नोक्शानीमा कमी आयो।
यसर्थ सरकार तातेपछि जस्तोसुकै चुनौतिको सामना गर्न सकिन्छ भन्ने सन्देश सरकारले यश पटक दिएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ८ : ०७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित