२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

धितोपत्र बाेर्ड अध्यक्षमा सन्ताेषनारायण श्रेष्ठ नियुक्त


१० मंसिर २०८१, सोमबार  


नेपाल धितोपत्र बाेर्डकाे अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।

आज ( साेमबार) बसेको मन्त्रिपरिषदको बैठकले सन्तोषनारायण श्रेष्ठलाई नेपाल धितोपत्र बाेर्डमा नियुक्त गर्ने निर्णय गरेको हाे।
११ महिनापछि सरकारले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गरेको हाे।

गएकाे वर्ष २०८० पुस महिनादेखि खाली भएको अध्यक्ष पदमा नियुक्तिका लागि लामो रस्साकस्सीपछि अन्तत: सन्तोषनारायण श्रेष्ठ अध्यक्षमा नियुक्त भएका हुन्। 

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ७ : ०७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित