१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

संवेदनाहिन प्रधानमन्त्री !


६ फाल्गुन २०८१, मंगलबार  



भारतको उडिसामा रहेको एक विश्वविद्यालयमा एक नेपाली छोरीको मृत्यु भयो । उनको रहस्य मृत्यु भएको मिति गएको आइतबार साँझ हो। घटना भएको तीन दिन पुगिसक्यो ।

सरकारका प्रधानमन्त्री केपी ओली हुन्। राजनीतिक तिर्थाटनमा रहेका प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको तिर्थाटनमा कथा हाल्दैथिए सोमबारसम्म ।

उनी भन्दैथिए – सरकारले मुलुकमा विकास र समृद्धिको दीयो सल्काइसक्यो । अबको १७ महिनापछि देउवालाई सरकारको जिम्मा लगाउने हो , कांग्रेस र एमालेको गठनबन्धन सरकारलाई तोपले पनि ढाल्न सक्दैन । यस्तै यस्तै कहानी हालेर घुम्दै थिए, लुम्बिनी प्रदेशतिर ।

उनका यस्ता कहानीहरु न जनताका हितका लागि उपयोगी थिए, न त देशका लागि नै । तैपनि उनको एकहोरो रटान बेलगाम थियो र छ पनि । उनका यस्ता काल्पनिक कथा कहानी सुन्दा र हेर्दा सबै सबै वाक्कदिक्क थिए र छन् । तैपनि उनका यस्ता प्रबचनले तिर्थाटनमा निकै समय लियो र लिन्छ पनि ।
दाङमा जतिबेला उनले सुरुङमार्गको सपना बाँडदै गरेका थिए, त्यत्तिबेला भारतमा नेपाली विद्यार्थीहरुले ज्यान सुरक्षाको याचना गर्दै थिए ।

उनीहरुमाथि अपमान गरियो । त्यहाँका आफूलाई कथित विद्यावारिधि ठान्नेहरुले नेपाललाई हेपेको ती सन्दर्भहरुले साँच्चिकै नेपालीले सहन नसक्ने थिए । कलेजको बजेट जत्ति पनि तिम्रो देशको बजेट छैन। तिमीहरु गरिब देशका नागरिक हौ। तिमीहरुको हैसियत केही पनि छैन । हिमालय क्षेत्रसम्म हाम्रो भारत हो । यस्ता यस्ता अत्यन्तै खेदजनक अभिव्यक्तिले हर नेपालीको मुटु दुख्यो । भारतीय हेपाहपूर्ण यस्तो व्यवहार र अत्याचार कुनैपनि स्वाभिमानी नेपालीले सहन सक्ने विषय होइन । तर, पनि सरकारले मुख खोल्न र कूटनीतिक कदम उठाउन आँट गरिन । प्रकृति लम्सालको मृत्यु प्रकरणको सत्यतथ्य बाहिर ल्याउन, पीडित परिवारलाई न्याय दिन र अन्य विद्यार्थीहरुलाई सुरक्षाको प्रत्याभूति गराउन सकिन ।

विदेशी विश्वविद्यालयमा अध्ययन गरेर भविष्य बनाउने उनीहरुको सपना हो । राम्रो अध्ययन गर्न सके भविष्य सुन्दर बन्ला भन्ने पक्कै पनि अपेक्षा थियो र हो पनि । त्यसका लागि स्वेदेशमै विश्वविद्यालयहरुमा अध्ययन गर्ने सुविधा भएको भए विदेशी विश्वविद्यालय धाउनुपर्ने थिएन होला । यद्यपि ग्लोबल दुनियाँमा जुन स्थानमा गएर अध्ययन गर्न कसैलाई रोकतोक र दबाब छैन । त्यो व्यक्तिको छनौटको अधिकार हो । आफ्ना नागरिक जुन स्थानमा पुगेर अध्ययन गरेपनि उनीहरुको सुरक्षाको जिम्मा भने राज्यले लिनु नै पर्छ।

तर, प्रकृति लम्साल मृत्यु प्रकरणले सञ्जाल, सडक र संसद बेस्सरी तातिएको बेलामा पनि प्रधानमन्त्री यस विषयप्रति निकै बेखबर जस्तै देखिए । प्रकृति मृत्यु प्रकरणपछि उनका आमा– बा मुर्छित छन्। त्यहाँ अध्ययनरत विद्याथीहरु असुरक्षित भएका छन्। असुरक्षाकै कारण स्वदेश फर्कदै गरेको उनीहरुलाई विश्वविद्यालय प्रशासनले फर्काउने जुक्ति गरिरहेको छ। विद्यार्थीहरुले सुरक्षाको प्रत्याभूति सहित प्रकृतिको मृत्य प्रकरणमा संलग्नलाई काबाहीको माग गरिरहेका छन्। प्रकृति मृत्यु प्रकरणले सिंगो देश स्तब्ध छ।

स्वदेशमै प्राविधिक विषयको अध्ययन यदि हुन्थ्यो भने प्रकृति जस्ता कलकलाउँदा मुनाहरुको यसरी ज्यान जाने थिएन । खैर आखिर अपृय घटना भैसक्यो । अब यस प्रकरणको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु सरकारको दायित्व हो । तर, घटना भएको तीन दिन भैसक्दा पनि सरकार चीर निद्रामा छ।

राजनीतिक निन्दा र आफ्नै बखानमा बेफुर्सदी सरकारलाई यति गम्भीर घटनाप्रति पनि रत्तिभर चासो देखिन्न । तिर्थाटनमा निस्किएका प्रधानमन्त्रीले समकक्षी मोदीसंग सम्वाद गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्न सक्छन्। तर, उनले विषयमा कुनै चासो नदेखाउनुले सरकार पूर्णरुपमा संवेदनाविहीन भएको प्रष्ट हुन्छ।

सडकदेखि सन्जालसम्ममा प्रकृति मृत्यु प्रकरणले सबैलाई स्तब्ध बनाएपनि सरकारको उदाशीनताले निकै वैरागलाग्दो देखिएको छ। नागरिकको जीउ धनको सुरक्षा र संरक्षणको दायित्व भएको सरकारको यस्ता प्रवृत्तिले सरकार पूरै गैर जिम्मेवार भएको देखिएको हो । सरकारी ओहदामा बसेर अर्कोलाई ताछ्नमै व्यस्त देखिन्छन्, प्रधानमन्त्री ओली ।

गएको सोमबार लुम्बिनी प्रदेशको भ्रमणमै व्यस्त थिए,। घटना हो, गएको आइतबारको । तर, सरकार अहिलेसम्म नाजावाफ देखिएको छ। सधै पौराणिक कथा र स्तुतिको चर्चा गरेर दुनियाँलाई प्रबचन दिने गर्दछन्, प्रधानमन्त्री ओली । संसदमा मिथ्यांक पेश गरेर विकास र समृद्धिमा छलाङ मारेको वर्णन गर्दै आएका उनलाई प्रकृति लम्साल मृत्युृ प्रकरणको विषयमा बोल्न पटक्कै फुर्सद देखिन्न ।

प्रकृतिको न्यायका लागि आम जनता सरकारको प्रतिक्रिया खोजिरहेका छन्। सरकार यस घटनाप्रति संवेदनशील बनोस् भन्ने सर्वत्र माग उठेपनि सरकार बहिरो झै गरिरहेको छ। त्यस घटना पछि पनि धेरै नेपाली विद्यार्थीहरुले असुरक्षाको महशुस गरिरहेका छन्। विदेशी भूमिमा आफ्नै नागरिकले यो हदसम्मको सास्ती र असुरक्षा भोग्दा पनि सरकारको हृदय निकै कठोर देखिन्छ।

घटना भएको यति समय अवधि भैसक्दा पनि खोजतलाससंगै कूटनीतिक पहलमार्फत अध्ययनरत विद्यार्थीलाई ढुक्क बनाउनु सक्नुपर्ने थियो,सरकारले । यद्यपि यति प्रश्न उठाएपछि सरकारले आफूले पढन नपठाएको भन्ने गैरजिम्मेवारीपूर्ण प्रतिक्रिया पनि दिन सक्छ। हुन त नेपाली शासकहरुले पानीमाथि ओभानो बन्ने यस्ता कुतर्क नगरेका भने होइनन्। उनीहरुलाई देश र जनताको पीर मर्का भन्दा पनि सत्ताको पिरलो हुने गर्दछ।


सोमबार दाङ पुगेर शंकर पोखरेललाई मत नदिएको भन्दै मतदातासंग झोक्किएका थिए, प्रधानमन्त्री ओली । आम सभामा शंकर पोखरेललाई हराएको भन्दै विपक्षीको उछितो काढेका प्रधानमन्त्री यस घटनाप्रति अहिलेसम्म असंवेदनशील छन्। उनको यो प्रवृत्तिबाट नागरिकले राज्य भएको आभास गर्न पाएका छैनन्।

प्रधानमन्त्री जस्तो राज्यको कार्यकारी तहमा बसेर देखाइएको यस्तो उदाशीनताले राज्यप्रति नागरिकको भरोसा र विश्वास टुट्दै छ। यद्यपि यस विषयमा प्रधानमन्त्री र उनका नेता कार्यकर्ताले कुतर्क गरेर सरकारको बचाउ त गर्दैछन् र गर्नेछन् पनि। उनीहरुक

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ८ : ०८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित