२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

भाटभटेनी सुपरमार्केटलाई काठमाडौ महानगरबाट दुई लाख जरिवाना !


७ पुस २०८१, आइतबार  



उपभोक्तालाई अखाद्य सामान बेच्ने भाटभटेनी सुपरमार्केटलाई काठमाडौ महानगरपालिकाले जरिवाना गरेको छ।

त्रिपुरेश्वरमा रहेको भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई दुई लाख रुपैयाँ जरिवनना तिराएको हाे ।

महानगरको कृषि तथा पशुपन्छी विभागका निरीक्षक डा. अवधेश झाका अनुसार महानगरको ‘कल सेन्टर’मा आएको गुनासोको आधारमा बिक्रीका लागि राखिएको खाद्य सामग्रीमा अनुगमन टोलीले अनुगमन गर्दा सुकेको नरिवलमा किरा भेटिनुका साथै ढुसीसमेत फेला परेपछि जरिवाना रकम तिराइएको हो ।

अनुगमनको क्रममा खान नमिल्ने अवस्थाका ४४ प्याकेट नरिवल व्यवस्थापकको रोहवरमा नष्ट गरीएको छ । महानगरले बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ दफा २९ को खण्ड ‘घ’र ‘ङ’बमोजिम कारबाही गरेको जनाएको छ ।

जरिमाना रकम महानगरको राजस्व खातामा जम्मा गरी अबका दिनमा भाटभटेनी सुपर मार्केटलाई खाद्य सामग्री बिक्री वितरण गर्दा उच्च गुणस्तर र खान योग्य वस्तु निश्चित गरेर मात्र बिक्री गर्न निर्देशन दिइएको छ ।

खाद्य स्वच्छता प्रवर्द्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छताः प्रवर्द्धन शिविर सञ्चालन गरिरहेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ६ : १० बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित