३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

ट्रम्पको कदम नेपालका लागि अवसर कि चुनौति ?


७ फाल्गुन २०८१, बुधबार  



जब ट्रम्पले गएको जनवरी २० मा सत्ता सम्हाले,तब उनले १ सय कार्यकारी आदेश जारी गरे। विश्व भर अमेरिकी प्रभुत्व कायम गर्न बाँडिएका अनुदानको सबै कुला पनि भत्काइदिए। राजनीतिदेखि धर्मान्तरणका लागि स्थायीरूपमा खडा गरिएका संरचना क्रमश भत्काईए।

तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीले मानवीय सहायताको नाम दिएको संस्थालाईलाई ट्रम्पले फ्रड नाम दिए। राष्ट्रपति ट्रम्पले नेपालमा संघीयता र जैविक विविधताको नाममा ३९ करोड अमेरिकी डलरको विवरण बाचन गरे। विशेषगरी युएसए एडको नाममा हरेक वर्ष बाँडिएका यस्ता विवरणहरू नेपालका नाम पटकपटक दोहोरिए ।

धर्मान्तरणदेखि संघीयताको उदेश्यको पूरा गर्न नेपालमा गरिएको लगानीकोपर्दा थप उघारियो। कथित बौद्धिक,कलाकार र लेखक भनिएकाहरूको पनि धोती खुस्कियो। जनचेतनाका नाममा सनातनी सभ्यता र संस्कृतिको हुर्मत लिने मह जोडीसम्मको मुखुण्डो राम्रोसँग उघारियो।

विदेशीको दलाली गरेर गर्जो टार्दै आएकाहरूको सक्कली चेहरा छ्याङ्गै देखियो। युएस एडदेखि एमसीसी परियोजना समेत स्थगित भएपछि केहीको निद हराम भएको छ, भने लाखौं जनता खुशी देखिएका छन् ।
विदेशी अनुदान थापेर सत्ताको गर्जो चलाएकोहरूको चुल्हो बल्न मुश्किल देखिन्छ । नेपाल जस्ता मुलुकमा सञ्चालित एनजीओ आईएनजिओहरूको ओठ तालु सुकेको छ। आफूलाई सेलिब्रेटी दाबी गर्नेहरूको दानापानी पनि बन्द भएको छ। यति मात्रै भएन,उनको कदमले विश्व शान्तिसंगै युद्धको अन्त्यलाई पनि संकेत गरेको छ।


सबैभन्दा ठूलो कुरा त विश्वभरबाट अमेरिका पलायन हुनेहरूको द्वार थुनिएको छ।चोर बाटोबाट लाखौं खर्चेर अमेरिका छिरेकाहरू यतिबेला घर न घाट भएका छन् ।मातृभूमिलाई धिक्कारेर अमेरिका पुग्ने सपनामा पनि भोटे ताल्चा लागेको छ।

यसले तत्कालका लागि केही असहज सिर्जना गरेपनि अन्तिममा जन्मिएको मुलुक चाहिन्छ भन्ने नयाँ मनोविज्ञान निर्माण भएको छ।कक्षा १२ उत्तीर्ण गरेकै भोलि पल्ट अमेरिका हिड्ने गलत भाष्य भत्किएको छ। घर सम्पत्ति सकेर छोराछोरीलाई अमेरिका पठाउनुलाई उपलब्धि ठान्ने अभिभावक पनि सोच्न बाध्य छन् ।

जीवन अमेरिका होईन भन्ने अवस्थामा छन् ।स्वदेशमा पसिना बगाउन भन्दा विदेशमा स्वाभिमान बेच्न राजी युवा शक्ति यतिबेला स्वदेश नै ठिक भन्ने अवस्थामा पुगेको छ। अमेरिका सबै थोक हुन्छ भन्ने भ्रमबाट मुक्त हुँदैछ । ट्रम्पको डिपोर्टेसन अभियानका कारण केही स्वदेश फर्किएका छन् भने, अध्यागमनले अन्यको तथ्यांक संकलन गरि नेपाल पठाउँदै छ।

अपराधी झै उनीहरू प्रहरीको खोजीमा छन् । लाखौं खर्चेर गएकाहरू रित्तो हात फर्किदैछन्। घर सम्पित्ति दाँउमा राखेकाहरू यतिबेला बिलखबन्दमा परेका छन् । अमेरिका कुनै पनि हालतमा बस्ने स्थिति छैन। स्वदेश फर्कियौ। जायजेथा सबै बुझाएर हिडेको छ। घरमा स्वंयले खाएको थाल समेत नमाझ्नेहरू लुरूलुरू अमेरिकाबाट फर्किएपछि पनि थप अप्ठ्यारोमा देखिन्छन् ।
ट्रम्पको निर्णयले धेरै नेपाली युवाहरू अप्ठ्यारो पर्ने देखिन्छ ।यद्यपि दीर्घकालीन रूपमा नेपाल जस्ता मुलुकका लागि हितकर छ। स्वदेशमा खेतबारी बाँझै राखेर अमेरिकी सपना देख्दा आज गाउँ रित्तिएको छ। मर्दा मलामी पाउन सकिन्न । गाउँमा विकास छ।तर, युवा सबै विदेश कुदेको छ। ट्रम्पको निर्णयले कम्तीमा जानुपूर्व दस पटक सोच्नुपर्ने भएको छ।


मुलुकमा ठूलो युवा शक्ति छ।यसको उपयोग गर्ने यही मौका हो। युवा भन्नासाथ विदेश कुलेलाम ठोक्ने गलत प्रवृत्तिका लागि यो सुखद् अवसर हो।यसबाट मुलुकलाई आ त्मनिर्भर बनाउन स्वदेशमै पसिना बगाउनुको विकल्प छैन।समय उपयुुक्त हो।विदेशीसंग अनदान थापेर होईन, आ फ्नै पौरखमा देश बनाउन लागौ। ट्रम्पले लिएको कदम उनीहरूका उपयुुक्त हो नै। तर, हाम्रा लागि पनि ठूलो पाठ भएकोले यसको अधिकतम उपयोगमा सबै लागौ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १० : १२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित