१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

जर्मन कम्पनीलाई राहदानी छपाइको जिम्मा दिने निर्णय


८ श्रावण २०८२, बुधबार  



राहदानी विभागले जर्मनीका दुई कम्पनी भेरिडोस र मुलभौरलाई राहदानी छाप्ने जिम्मा दिएको छ। फ्रान्सेली कम्पनी आइडीमियाले उनीहरूमाथि हालेको मुद्दा सार्वजनिक खरिद पुनरावलोकन समितिले खारेज गर्दै राहदानी विभागको निर्णयलाई सदर गरेको हो।

आइडीमियाले ती दुवै जर्मनी कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो। तर, सार्वजनिक पुनरावलोकन समितिले आइडीमियाको माग दाबी नपुग्ने भन्दै निवेदन खारेज गरेर जर्मन कम्पनी भेरिडोस र मुलबर कम्पनीलाई राहदानी छपाइ जिम्मा दिने निर्णय गरेको हो। समितिका अध्यक्ष रघुराम विस्ट र सदस्यहरू रोहितकुमार विसुराल र थानेश्वर गौतमले विभिन्न आधार दिएर निवेदकको माग दाबी नपुग्ने निर्णय गरेका हुन्।

समितिले विनिमय दरको आधार सम्बन्धमा भनेको छ, ुबोलपत्रसम्बन्धी कागजातमा इन्स्ट्रक्सन टु बिड्डर्स र सोसँग सम्बन्धित बिड डाटा सीटमा भएका उपरोक्त व्यवस्थाहरू अध्ययन गर्दा बिड्डरले एउटा निश्चित मितिलाई आधार मानी प्रतिस्पर्धा गरुन् भन्ने मनसाय राखेको देखिन्छ। यस आधारमा हेर्दा प्राविधिक प्रस्ताव खोलिएको मितिको विनिमय दरलाई आधार मानी गरिएको आर्थिक प्रस्तावको मूल्यांकन मिलेकै देखिन्छ।
भेरिडोसले ६ अर्ब ११ करोड ३८ लाख २७ हजार ३७०।१४ रुपैयाँमा कबोल गरेको छ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बुधबार  ६ : १२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित