३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

रवि नजरमा ‘जनता फस्ट’ ! बालेनलाई आड–भरोसा !


२४ श्रावण २०८३, आइतबार  


हजार प्रश्न रवि लामिछानेमाथि छन् ।तर, प्रश्नकै घेरामा भएपनि उनी त्यत्तिकै जिम्मेवार हुन्छन र बन्छन् । विपक्षीलाई लल्कार्दैनन्, बरु,उनीहरुका प्रश्नमा जिम्मेवार बन्छन् । पार्टी र सरकारबीचको खटपटका हल्ला चलेका हुन्छन् । सरकार ढल्नेसम्मका हावादारी खबर छ्यापछ्याप्ती बन्छन् । तर, मिथ्य सूचनालाई मिहिनढंगले चिरफार गर्छन् ।

प्रधानमन्त्रीले प्राविधिक भाषामै आफ्ना धारण राख्छन्। रविले त्यसलाई राजनीतिक र सामाजिकी भाषामा नेता कार्यकर्तादेखि जनतालाई बुझाउँछन् । सरकारको लक्ष्य अनुसार केही प्रतिशत काम अधुरा पनि हुन्छन् । जहाज आकाशमा उडान गर्दा कहिलेकाँही बादलमा ठोकिएको भन्दै सरकारको मज्जाले बचाउ गर्छन् । सरकार र पार्टीबीच कुनै असन्तुलन र असहमति नभएको बारेमा प्रष्ट्याउँछन् ।

प्रधानमन्त्री बालेन्द्र शाह सरकार सञ्चालनमै व्यस्त हुन्छन् । रवि पार्टीलाई थप सशक्त र धारिलो बनाउँछन् । सरकार र पार्टीबीच कहिलेकाँही तिक्तता र रिक्तता जस्तो पनि देखिन्छ। तर, रिक्तता र तिक्ताका खाडललाई पार्टी सभापति रवि लामछिानेले कलात्मक र कौशलताको साथ पूर्ने कोशीस गर्दछन् । पदको लोभबाट रवि टाढै रहन्छन् । कतिपयले प्रधानमन्त्रीको रुपमा फूक्र्याउँछन् । प्रधानमन्त्रीको लागि विपक्षी र विरोधीले फुक्र्याएको पनि रविले मजाले बुझ्छन् ।

पद र पावर होइन । जनतासंग विगतमा गरिएको बाचा, संकल्प र सपना सम्झिन्छन् । आफूलाई जिम्मेवार नेताको रुपमा उभ्याउँछन् । पार्टीको स्टेरिङ समाएका रविले विगतमा दलहरुले गरेका तमासा सम्झिन्छन् । तिनै तमासाले जनतामा असन्तुष्टि भएको पनि स्मरण गर्दछन् । ओलीले सरकार चलाउँदा एमालेले सडकमा प्रदर्शन गरेको हुन्छ । सडकमै पुगेर ओलीले विरोधीलाई लल्कारेका हुन्छन् ।ओली आफै प्रधानमन्त्री र पार्टी अध्यक्ष भएका हुन्छन्। विपक्षीकै विरोध गरको हुन्छन् । सत्ता पक्ष हुन् की प्रतिपक्षी हो अल्मल्याउने गरेका हुन्छन् ।


तर, रास्वपा सभापति रवि लामिछाने विरोध विपक्षी र विरोधीले के भन्छन् या भन्दैनन्। त्यस विषयमा उनी कम ध्यान दिन्छन् । पार्टी विभाजनका काल्पनिक कथा सुन्छन्, सरकार र पार्टीबीच टकराव भएका विषयका चर्चा सुन्छन् । कतिपयले प्रधानमन्त्री बालेन एक्लिएको अथ्र्याउँछन् । संसदमा आफ्नै पार्टीका सांसदले प्रश्न पनि उठाउँछन् । सार्वभौम सांसदले प्रश्न उठाउन पनि पाउँछन् । तर, आफ्नै सरकारलाई भित्तैमा पुराउने गरी गर्न पाइन्छ की पाइन्न त्यसमा केही सांसदले आफ्नै मर्यादा र विवेक पनि गुमाउँछन् । रविले सबैलाई फेरि सम्झाउँछन् । जनताको म्याण्डेटको स्मरण गराउँछन् । गएको शनिबार साँझको समय भएको हुन्छ । जहाँ एक कार्यक्रम पनि आयोजना गरिएको हुन्छ । रविले भनिदिन्छन्, पार्टीभित्र विवाद, सरकार सञ्चालनमा समस्या छैन । बाहिर चर्चामा आएका र्यूमर हुन् । यस्ता र्यूमरलाई स्न्याक्सका रुपमा ग्रहण गर्न सुझाउँछन् । रविले ¥युमरहरू स्न्याक्स मात्रै हुन्। त्यसको खास त्यसभन्दा बढी भ्यालु केही पनि नभएको अथ्र्याउँछन् ।


सुकुम्बासी स्थानान्तरणमा सरकारले एक्सन लिएको हुन्छ, सीमाको विषयमा प्रधानमन्त्रीले टेक्निकल कुरा बोलिदिन्छन्। यसैमा गणेश नेपालीको आत्महत्या हुन्छ । त्यससंगै तराई मधेशमा साम्प्रादायीक हिंसा फैलिन्छ । हिंसाको आगो केही दिनमा निभ्छ । गृहमन्त्री फिल्डमै गएर आगो निभाउँछन् । आगो निभेको केही दिनमा फेरि ग्यासको संकट निम्तिन्छ । मुद्दाविहीन विपक्षीहरु सुकुम्बासीदेखि ग्याससम्मको तस्वीरले राजनीतिक तुस मेटाउँछन् । ग्यासको समस्याको स्टन्टको कथा बनाउँछन् । सरकारले सबै समस्यालाई क्रमश सेटल पनि गर्दै जान्छ । सरकारलाई निर्भीकता र निडरताकासाथ काम गर्न रविले आँट र हिम्मत दिन्छन् । सरकारको अभिभावक बनेर उनी दह्रो गरी उभिन्छन् ।

विगतमा ओली प्रचण्डले दुई तिहाइ मतको हत्या गरेर गरिएको झगडा रास्वपामा पनि दोहोरिन्छकी भनेर केही आशा पनि गरेका हुन्छन् । तर, रास्वपा सभापति रवि लामिछाने परिपक्व छन् । समस्यालाई समाधान गर्न सरकारलाई हरदमले सघाउँछन् । बालेनले सरकार सन्चालनमा असफल भए मैले प्रधानमन्त्री पाउँछु भन्नेमा कत्ति पनि लोभ गर्दैनन् । पद र पावरप्रतिको उनको अडान र निष्ठाले सबैलाई गज्जबको शिक्षा दिन्छ । विरोधीहरुका पनि विरोधको स्वर मधुरो हुदै जान्छन् । जनताको तागतमै जनताको समस्या हल गर्न सकिनेमा रवि ढुक्क छन् । रविको यही नेतृत्वदायी खुबीकै कारण समकालीन राजनीतिमा उनी शीर्ष स्थानमै सम्मानित छन् । ०००

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  २ : १३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित