३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

जनआस्थाका संचालक किशोर श्रेष्ठलाई भदौ १ गते सर्वाेच्चमा उपस्थित गराउन आदेश !


२९ श्रावण २०८३, शुक्रबार  


सर्वोच्च अदालतले जनआस्थाका संचालक किशोर श्रेष्ठलाई सशरीर सर्वाेच्चअदालतमा उपस्थित गराउन आदेश दिएको छ।

श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दर्ता गराएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठसहित उनको घरबाट प्रहरीले बरामद गरेको सामाग्रीसहित अदालतमा हाजिर गराउन भनेको हो।

भदौ १ गते बिहान १० बजेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दी पक्राउको कारणसमेत पेश गर्न सर्वोच्चले भनेको छ।

श्रेष्ठको घर तथा कार्यालयबाट बरामद गरिएका सिपियु ल्यापटप, आईप्याड र मोबाइलसमेत अदालतसमक्ष लिई उपस्थित हुन आदेशमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  १२ : ४३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित