३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

देउवा भन्छन्, ‘हिडेरै डडेल्धुरा पुग्छु’


२९ श्रावण २०८३, शुक्रबार  


पाँच महिनापछि शेरबहादुर देउवा स्वदेश फर्किएका हुन्छन् । गएको मंसिरमा उनको पार्टीको सभापतिको कार्यकाल समाप्त भएको हुन्छ । जेनजीबाट मार खाएका उनी पाँच महिना हङकङ बसेर उपचार गरेका हुन्छन् । उनलाई भोट दिने सर्वसाधारण जनता सिटामल नपाएर मर्छन्। उनी टाउको दुख्यो या हाँछ्यू आएपनि हङकङ कुद्छन् । लामो समयपछि स्वदेश फर्केका उनले मुलुकका लागि नयाँ भूमिका देखाउलान् भन्ने धेरैले आशा पनि गरेका हुन्छन् ।


पाका नेता भएकै कारण उनले दुई फक्लेटा भएको कांग्रेसको कम्तीमा अभिभावक बन्छन्। यस्तो आशा कांग्रेसी र गैर कांग्रेसीले गरेका हुन्छन् । तर, उनी विमानस्थलमा रोड शो गरेर रवाफ देखाउँछन् । यस्ता हुकुमी रवाफ ज्ञानेन्द्र शाहले बेला बेलामा देखाउँछन् । त्यही रवाफ देउवाले पनि दोहो¥याउँछन् । देउवा फरार सूचिमा रहेका हुन्छन् । भय र भरकैबीचमा उनी नेपाल फर्किएका हुन्छन् । पाँच महिनापछि स्वदेश फर्किदा उनी बदलिनेमा धेरैले आशा गरेका हुन्छन् । तर, प्रधानमन्त्रीदेखि प्रधानमन्त्रीको राजनीतिक गेम खेल्नमा माहिर उनी अझ कद लिएर स्वदेश फर्किन्छन् । व्यक्तिगतरुपमा भाग्यमानी मुलुकका लागि अभिषाम देउवा ठान्छिन् । उनै देउवा बिहीबार विमान रोड शोमै जोशिन्छन् ।


उनको समूहकै सल्लाहमा नेताको भूमिकामा महाराजगन्जको चुनदेवीमा पुग्छन्। कांग्रेस विधानले नचिन्ने उनलाई पार्टी सभापतिको कुर्सीमा राखिन्छन् । उता गगन थापाहरुको समूहलाई निर्वाचन आयोग र सर्वाेच्चले गएको माघमै आधिकारिकता दिएको हुन्छ । यद्यपि पछिल्लो सर्वाेच्चले निसा दिएको हुन्छ । निसाकै कारण कांग्रेसमा झन् खल्लबल्ली मचिन्छ। सर्वाेच्चको निसापछि देउवा बडो जोशमा आएका हुन्छन् । बिहीबार उनको प्रस्तुतीले देखाएको हुन्छ की, देउवाले विजय हासिल गरेर स्वदेश फर्केका हुन् । चुनदेवीमै आफ्नै समूहका कोटरीमा देउवा हुन्छन् । हङकङमा ट्रेडमिल गरेको भन्दै हिडेरै डडेलधुरा पुग्ने हिम्मत देखाउँछन् । आफ्नै गुटका विमलेन्द्र निधीलाई जोशसहित जवाफ फकाउँछन् । विमानस्थलबाट समर्थकले स्कर्टिङ गर्दै देउवालाई चुनदेवीस्थित कार्यालय पु¥याउँछन् । उनी पार्टी सभापतपिकै हैसियतमा कार्यकक्षमा लगेर राखिन्छन्। भव्य स्वागत मिलेपछि देउवा निकै हौसिएका हुन्छन् । देउवा सनरुफ कारबाट जीऊ बाहिर निकालेर अभिवादन गर्दै बाहिरिएका हुन्छन् । चुनदेवीको बार्दलीबाट उनी ‘गरम’ भाषण गर्छन् ।


छोटो बोलेका हुन्छन्, देउवा । आफूलाई कसैले केही गर्न नसक्ने चुनौती दिन्छन् । जेनजीबाटै उनको राजनीति कर्नरमा पुगेको हुन्छ । ओलीको संगतले उनले त्यो अपृय घटना झेलेका हुन्छन् । घरमै मारपिट गर्ने जेनजीको विषयामा उनी चुपचाप हुन्छन् । बरु, उनी सरकारसंग रोष व्यक्त गर्दछन् । सरकारले आफूलाई दुख दिएको भन्छन् । सरकारले सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएर दुख दिइएको भन्दै उनी आक्रोश पोख्छन् । कार्यकर्ताको हुटिङकाबीच उनी हौसिन्छन् । जोशजोशमा आक्रोशित हुन्छन् । शक्तिहिन र सत्ताहिन राजा ज्ञानेन्द्र शाहलाई लल्कार्छन् । ज्ञानेन्द्र शाहले त आफूलाई नकसेको भन्दै अरु कसैले नसक्ने घुर्की लगाउँछन् ।


कार्यकर्तालाई सम्बोधन गरेपछि उनी आफूनिकट शीर्ष नेताहरूसँग आन्तरिक छलफलमा हुन्छन् । राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशाङ्क कोइराला, विमलेन्द्र निधी, कृष्ण सिटौला, एनपी साउद, दीपक खड्का, प्रकाशरण महत, मीन विश्वकर्मालगायतका नेताहरु हुन्छन् । यसै बीचमा पूर्वउपसभापति समेत रहेका निधिले देउवालाई थाक्नु भयो होला, आराम गर्नुस् भनेर सुझाउछन् । देउवा जोशमाथि जोश थप्दै म हिडेरै डडेल्धुरा जान सक्छु भन्छन् ।

यीनै देउवा जतिबेला प्रधानमन्त्री हुन्छन्। त्यत्तिबेला लुम्बिनीमा बुद्ध जयन्तीको विशेष कार्यक्रम हुन्छ । उमेर यीनी भन्दा जेठा मोदी बुद्धप्रति ध्यान र पूजा गर्दछन्। छेवैमा बसेका देउवा भुसुक्कै निदाउँछन् । ¥याल चुहाउँछन् । शारीरिकरुपले पनि कमजोर देखिन्छन् । उनै देउवा गएको भदौ २४ मा कुटिन्छन् । पाँच महिना हङकङ बसेर स्वदेश फर्कन्छन् । स्वदेश फर्केकै दिन डडेल्धुरा हिडेरै पुग्ने अचम्मको हिम्मतिलो जवाफ दिन्छन् । ००००

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  १ : ३८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित