२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

‘नयाँ सोच र नयाँ शैली’कासाथ सम्पन्न गरिदै तुलसीपुर उद्योग वाणिज्य संघको साधारणसभा


२० बैशाख २०८२, शनिबार  


आज शनिबार, तुलसीपुर उद्योग वाणिज्य संघको ३०औं वार्षिक साधारणसभा । विगत २९ वटा साधारणसभा भन्दा पृथक हुनेछ, ३० औ साधारणसभा । किनकि यस पटक नयाँ सोंच र नयाँ शैलीको साथ सभा सम्पन्न गर्न लागिएको संघले बताएको छ।

संघका अध्यक्ष विनिल केसीले यश पटक विगतको परम्परागत शैलीभन्दा पृथक शैलीमा साधारणसभा सम्पन्न गरि समाजमा सकारात्मक नयाँ सन्देश दिने प्रयासमा गरिएको बताएका छन् ।संघको कार्यक्रम शनिबार बिहान ११ बजे तुलसीपुर–९ दोघरेस्थित संघको सभा हलमा तोकिएको छ।

अध्यक्ष केसीका अनुसार यश पटक अतिथिहरूका धारणा विषयवस्तुमा कार्यक्रम केन्द्रीकृत हुनेछ ।यसले कार्यक्रमलाई अर्थपूर्ण र नयाँ सन्देश प्रवाह गर्ने छ, भने सहभागीलाई नयाँ विषय वस्तुको ज्ञान दिनुका साथै कार्यक्रम रोचक बन्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा समाजका विभिन्न क्षेत्रसँग आबद्ध व्यक्तिहरूलाई अतिथिको रूपमा आमन्त्रण गरिएको छ। उनीहरूलाई आफ्ना अनुभव र सुझाव निर्धारित शीर्षक र समयभित्र राख्न अनुरोध गरिएको छ।

यसले अतिथिका भनाइहरूलाई भाषण होइन, ज्ञानको रूपमा लिन सहभागीहरूलाई सहयोग पुग्ने विश्वास आयोजकले गरेको संघका प्रेस सल्लाहकार शरद रेग्मी बताउँछन् ।उनका अनुसार, अतिथिहरूका लागि ‘विश्व बजारमा पर्यटन र महिला उद्यमशीलता’, ‘स्थानीय तह र निजी क्षेत्रको सहकार्य’, ‘उद्यमशीलता प्रवर्द्धनमा पत्रकारिताको भूमिका’ र ‘व्यवसायीहरूमा कर शिक्षाको आवश्यकता’ लगायतका विषय तय गरिएको छ।

संघका महासचिव केशवराज केसीले सबै सरोकारवालालाई कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा गर्दै यस पटकको साधारणसभाले उद्योग, उद्यमशीलता र व्यवसाय प्रवर्द्धनमा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  १० : १३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित