११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

एमाले प्रमुख सचेतक महेश बर्तौला भन्छन्, – ‘ओली सरकारको कामले प्रचण्ड अत्तालिए’


२८ श्रावण २०८२, मंगलबार  


नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारको कामले प्रचण्ड अत्तालिएको बताएका छन् ।

सरकारको जनपक्षीय कामले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड अत्तालिएको बताएका हुन्। सरकारले अपेक्षा भन्दा बढी राम्रो काम गरेकोले प्रचण्डको मुख टालिएको बताएका हुन्।


बर्तौलाले केपी ओली नेतृत्वको सरकारले प्रतिनिधिसभाको चालू कार्यकालमा २७ वटा विधेयक पारित गरेको र पछिल्लो एक वर्षमा मात्रै २३ वटा विधेयक पारित भएको उल्लेख गरेका छन्।
उनले प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा बनाएको भन्दा धेरै कानुन ओली नेतृत्वको सरकारले एक वर्षमा बनाएको दाबी गरेका छन्।


नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले हिजो यही संसद्का बिभिन्न रोष्ट्रमबाट र बिभिन्न तहबाट यो देश बंगलादेश बन्दैछ, श्रीलंका बन्दैछ भनेर आरोपित गर्ने विपक्षी दलको नेताको मुख अहिले टालिएको उनको दाबी छ।

२०८१ भदौ १२ मा संसद्‌मा बोल्दै बर्तौलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बंगलादेश र श्रीलंकामा नागरिकले गरेको आन्दोलन र आन्दोलनमार्फत सरकार फेरिएको घटना स्मरण गरेका छन् ।

प्रचण्डको त्यही अभिव्यक्तिप्रति संकेत गर्दै बर्तौलाले सरकारले सुधारका काम गरेपछि आरोपित गर्नेहरू चुप लागेर बस्ने अवस्थमा पुगेको बताएका हुन् ।

अगाडि भनेका छन्, ‘जुन ढंगबाट सुधारका कामहरू, परिवर्तनका कामहरू, आशाका किरणहरू । जुन ढंगले लगानी र व्यवसायिक वातावरण बन्दैछ । निजी क्षेत्र उत्साहित हुँदैछन् । यसले हिजो आरोपित गर्नेहरू, भ्रमको खेती गर्नेहरूको मुख आज टालिएको छ’, मुख्य सचेतक बर्तौलाले भने ।

केपी ओली नेतृत्वको सरकारले कानुन निर्माणमा समेत प्रगति भएको उनले बताए । प्रतिनिधिसभाको चालू कार्यकालमा २७ वटा विधेयक पारित भएको र पछिल्लो एक वर्षमा मात्रै २३ वटा विधेयक पारित भएको बताए ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा बनाएको भन्दा धेरै कानुन केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षमा बनाएको बताए ।

सरकारले कुरा नभएर काम गरिरहेको उनको दाबी छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, मंगलबार  ५ : १३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित