३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

पाँडे समूहको छायाँदेवी सेन्टर भत्काउने आदेश बुझेर भीएफएस ग्लोबल सर्दै !


९ पुस २०८१, मंगलबार  


इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक पृथ्वीबहादुर पाँडे समूहले ऐतिहासिक कमल पोखरी मासेर छायाँदेवी सेन्टर कम्प्लेक्स बनाएको छ।ऐतिहासिक तथ्य र प्रमाणहरु हुँदा हुँदै पनि सत्ता र शक्तिको आडमा ऐतिहासिक धार्मिक महत्वको कमलपोखरी समाप्त गर्न महल बनाइएको हो ।

यसरी ठड्याइएको छायाँदेवी सेन्टरबारे सर्वोच्च अदालतको पूर्ण इजलासले चाँडै फैसला सुनाउने भएको छ । लामो सुनुवाईपछि प्रमाणहरुका आधारमा पूर्ण इजलासले ऐतिहासिक फैसलापछि कम्प्लेक्सको भविष्य नदेखेर भीएफएस ग्लोबल सर्दैछ।

छायाँ सेन्टर भत्काउने आदेश आउने बुझेपछि छायाँ सेन्टरमा लगानी गर्ने पृथ्वीबहादुर पाण्डेलगायत देशका कुलीनहरुको दौडधूप बढेको छ । तर, प्रमाणहरु सबै छायाँ सेन्टर बनेको जग्गा गुठीको रहेको र त्यहाँ कमलपोखरी थियो भन्ने आएको छ । यसकारण पनि यो मुद्दामा कहींकतैबाट चलखेल हुन नसक्ने आँकलन गरिएको छ।

छायाँ सेन्टर भत्काउने आदेश आउने बुझेपछि विश्वव्यापी भीसासम्बन्धी सहजकर्ता भीएफएस ग्लोबल पनि सर्ने भएको हो । छायाँदेवी सेन्टरमा भीएफएसको संलग्नताविरुद्ध स्विट्जरल्यान्ड सरकारसँग उजूरी परेपछि जवाफमा ९ डिसेम्बरमा छायाँ सेन्टरमा रहेको आफ्नो कार्यालयको भाडा करार सम्झौता नवीकरण गरेको छैन । भीएफएसले सम्झौता नवीकरण नगरी यथाशक्य छिट्टै कार्यालय स्थानान्तरण गर्ने भएको छ।

छायाँ सेन्टरको विषय संयुक्त राष्ट्रसंघमा यसअघि नै उजुरी पुगेको थियो । राष्ट्रसंघले छायाँदेवी सेन्टरको विषय अदालतमा विचाराधीन रहेकोले गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ९ : १४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित