११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

प्रमिलाले जितिन्,आइएमईको करोडपति योजना


१७ मंसिर २०८१, सोमबार  


विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमईले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

जापानको क्योदाइबाट आइएमई रेमिट मार्फत रकम पठाएकी प्रमीलालाई टोकियो स्थित नाकानो सिकि नो मोरी पार्कमा शनिबार आयोजित कार्यक्रममा आइएमईले चेक हस्तान्तरण गरेको हो ।

नेपालका लागि जापानका राजदूत डा. दुर्गा बहादुर सुवेदी ,आइएमई लिमिटेडका तर्फबाट सुशील थापा र क्योदाइ जापानका युचिरो किमोतोले प्रमीलालाई एक करोडको चेक हस्तान्तरण गरेका हुन् ।

चेक बुझे पछि प्रमीलाले आइएमई मार्फत रकम पठाउँदा आफ्नो भाग्य चम्केर प्राप्त भएको रकमबाट नेपालको कैलाली रहेका बाआमालाइ घर बनाइदिने योजना बनाएको बताइन् ।

गएको असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौँमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमीला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी थिइन् ।आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गएको वर्षदेखि सञ्चालन गरेको “आइएमई गरौं,करोडपति बनौ” योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ११ : १५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित