२१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026

कांग्रेस नेता मीन विश्वकर्मा विरुद्ध २४ करोड भ्रष्टाचार गरेको उजुरी !


२६ माघ २०८१, शनिबार  


धरान उपमहानगरपालिका नगर प्रमुख हर्क साम्पाङले नेपाली काँग्रेसका नेता तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।

उनले सामामाजिक सञ्जालमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको खुलाएका छन् । पूर्वमन्त्रीसमेत रहेका विश्वकर्माले एक टेलिभिजनसँगको अन्तर्वार्तामा धरान खानेपानी योजनाको विषयमा बोलेको विषयलाई लिएर छानबिन गरी कारबाही गर्न साम्पाङले माग गरेका हुन्।

उनले उजुरी दिएको पत्र फेसबुकमा राखेका छन्। साम्पाङले फेसबुकमा लेखेका छन्, ‘अख्तियारलाई फेरि एउटा काम दिएँ मैले आज, हेरौँ कतिको इमानदार भएर काम गर्दो रैछ। जहाँ २४ करोडको हिनामिना देखिएको छ।’


नेता विश्वकर्मा र धरान नगर प्रमुख हर्क साम्पाङबीच जुहारी चल्दै आएको छ। उनले जनप्रतिनिधि भएर लेबर जस्तो हैसियत भएको भन्दै साम्पाङको कडा टिप्पणी गरेका थिए । नगरप्रमुख साम्पाङलाक्षर्् श्रम संस्कृतिको प्रणेताको रुपमा हेरिदै आएको छ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १० : १५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित