२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

तीनकुने हिंसाका कमान्डर दुर्गा प्रसाईं समातिए, उनी विरू्द्ध मानव हत्याको मुद्दा चल्न सक्ने

२८ चैत्र २०८१, शुक्रबार  

यही चैत १५ गते राजधानीको तीनकुनेमा हिंसा भड्काएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । हिंसात्मक प्रदर्शनपछि फरार रहेका उनले भिडियो सन्देश मार्फत प्रहरीलाई चुनौति दिदै आएका थिए।

नेपाल प्रहरी उच्च स्रोतको अनुसार उनलाई पक्राउ गरेर पूर्वी नाका काँकडभिट्टा हुँदै काठमाडौंतर्फ ल्याइँदै छ। प्रसाईंको सचिवालय भने अभियानका संयोजक श्री दुर्गा प्रसाईं ज्यूले आफ्नो सुरक्षाको लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ भनेर सञ्जालमा दाबी गरेको छ।

तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि फरार प्रसाईं बी ए बी ४२०८ नम्बरको स्कर्पियो चढेर भागेका थिए । प्रहरीले विभिन्न नाकामा टोली परिचालन गरेर खोजी गरिरहेका बेला उनी आफ्ना सहयोगीसहित भक्तपुर, सिन्धुली हुँदै विर्तामोडस्थित विएण्डसी मेडिकल कलेजमा पुगेको खुलेको थियो ।

त्यहाँबाट भागेर उनी भारततर्फ लागेको भेटिएको थियो । फरार भएर भारततर्फ लुक्दै आए पनि प्रसाईंले भिडियो सन्देश जारी गर्दै आफू काठमाडौंमै रहेको दाबी गरिरहेका थिए ।

तर, प्रहरीले उनलाई पूर्वी सीमा क्षेत्रमा पर्ने पानीट्यांकीस्थित अड्डा फेला पारिसकेको थियो । त्यसबीच फरार भएका प्रसाईंले बिहीबार अपराह्न आसाममा आत्मसमर्पण गरेपनि प्रहरीले भने उनलाई नियन्त्रणमा लिएको बताइएको छ।

फरार प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरी तयारी छ । तीनकुने प्रदर्शनका बेला उनले प्रहरी अधिकारीहरुलाई नै किच्याउने गरी गाडी समेत हाँकेका थिए । यस्तोमा उनीविरुद्ध ज्यान मार्ने उद्योग गरेको कसुरमा पनि मुद्दा चल्न सक्ने एक अधिकृत बताउँछन् ।

तीनकुने हिंसाका कमान्डर प्रसाईं समातिए, उनी विरू्द्ध मानव हत्याको मुद्दा चल्न सक्ने

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ६ : १७ बजे

©2026 Sarajuonline सर्वाधिकार सुरक्षित