२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

प्रधानमन्त्री ओली भन्छन् – ‘बैंक डुबाउने ,लुटपाट गर्ने र राजा फर्काउँछु भन्नेको दिन गए’


२९ चैत्र २०८१, शनिबार  



प्रधानमन्त्री केपी ओ लीले बैंक डुबाउने,लुटपाट चोरी डकैती गर्दै राजा फर्काउँछु भन्नेहरूको दिन गएको बताएका छन् ।

शनिबार एमाले जिल्ला कमिटी झापाले दमकमा आ योजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा यस्तो बताएका हुन्।


उनले दुई ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा देश अघि बढेको दाबी गरेका छन् ।


प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा ९स्टन्ट० गर्नेहरूले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजे झैँ ढुंगा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्चाए पनि उनीहरुलाई जनताले नपत्याएको बताए । 

‘देश अब कानुन र विधि अनुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैंक डुबाउनेहरू, आगजनी गर्नेहरू रक्सीका बोतल लुटेर भाग्नेहरूले जनताले फ्याँकिसकेको राजतन्त्र ब्यूँताउन क्रान्ति गर्छु भन्दा कसैले उल्किनु वा भ्रम पाल्न नहुने बताएका छन् ।

ठूला कुरा गर्ने र हल्ला गर्नेहरूले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन । त्यस्ताहरुको असली अनुहार चैत १५ गतेको तीनकुनेको अराजक घटनाबाट देखिइसकेको छ,’ प्रधानमन्त्री ओलीले भने । 

विगतमा आफू प्रधानमन्त्री हुँदा पार्टीभित्रका स्वार्थी र फुटवादीले पार्टीलाई सिध्याउने असफल प्रयास गरेको उनले बताए । साथै अदालतको समेत प्रयोग गरेर सरकारबाट बाहिर पठाए भएपनि  जनताको अभिमतबाट पुनः सरकारको नेतृत्वमा आएको उनको भनाइ छ । 

प्रधानमन्त्री ओलीले निर्माण कार्य रोकिएका र बन्न बाँकी रहेका बाटा र आयोजनाहरू अब अगाडि बढ्ने जनाउँदै आगामी बजेट र नीति तथा कार्यक्रममा नयाँ ढंगले अगाडि बढाउने उचित नीति र कार्यक्रम लिएर आउने जनाए । कृषिको आधुनिकीकरण र विस्तारका लागि प्राथमिकता दिँदै उद्यमशीलताको विकास गर्न सरकारले प्राथमिकता दिने उनको भनाइ छ । 

प्रकाशित मिति : २९ चैत्र २०८१, शनिबार  १० : १७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित