१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

वाईडबडी भ्रष्टाचार काण्डमा कांग्रेस नेता शाहीलाई सफाइ,सचिवसहित ४ कर्मचारी दाेषी ठहर !


२१ मंसिर २०८१, शुक्रबार  


१ अर्ब ४७ करोडको भ्रष्टाचार मुद्दामा नेपाली कांग्रेस नेता जीवन शाहीले सफाइ पाएका छन् ।

वाइडबडी जहाजमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाको अन्तिम सुनुवाइ गर्दै विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार शाहीलाई सफाइ दिएको हो ।

इजलाशले तत्कालीन पर्यटन मन्त्रालयका सचिव एवं नेपाल वायु सेवा निगमका अध्यक्ष शंकर अधिकारी, तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार र सहसचिवहरू बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाईलाई दोषी ठहर गरेको छ ।

गएकाे वर्षको चैत २२ गते आयोगले पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

नेपाल वायु सेवा निगमले खरिद गरेको वाइडबडी जहाजमा भ्रष्टाचार गरेको अभियोगमा आयोगले रु एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ बराबरको बिगो माग दाबीसमेत गरेको थियो ।

आयोगले तत्कालीन सचिव एवं निगम सञ्चालक समितिका अध्यक्ष शङ्करप्रसाद अधिकारी, भन्सार विभागका तत्कालीन महानिर्देशक एवं निगम तत्कालीन सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गाना, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, सञ्चालक समिति सदस्य टेकनाथ आचार्य, निमा नुरु शेर्पाविरुद्ध पनि समान बिगो दाबी गरेको थियो । चार बाहेक अन्यले सफाइ पाएका छन ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ६ : १८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित