२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकाे सम्मेलनमा कुर्सी हानाहान


१४ आश्विन २०८१, सोमबार  


नेकपा पा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को सम्मेलनमा कुर्सी हानाहान भएको छ।

काठमाडौकाे कीर्तिपुरमा जारी सम्मेलनको बन्दसत्रमा नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने विषयमा दुई समूहबीच विवाद हुँदा कुर्सी हानाहान भएको हो।

उमेर हदको विरोध गर्दै अखिल क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष तुकमान महराले खुकुरी देखाएका थिए। उनी लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महराका छोरा हुन्।यश विषयमा हामीले उनलेे सम्पर्क गर्ने काेशीस गरेपनि सम्पर्क हुन सकिन।उनी अध्यक्ष पदका लागि दाबेदार छन्। यस्तै अर्का नेता केशव रावलसंग सम्पर्क गर्न खाेजिएपनि फाेन उठेन।

नेतृत्वका लागि उमेर हद २८, ३० वा ३२ कति राख्ने भन्नेमा विवाद भएको हो। यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदानबाट उमेर हद टुंगो लगाउन निर्देशन दिएपछि बन्दसत्र सुरु भएको थियो।तर, बन्दसत्रमै विवाद बढेपछि अवस्था तनावग्रस्त बनेको हाे।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ४ : १९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित