२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

ज्ञानेन्द्रका’रैती र दलका ‘नोकर’हरूको निशानामा मेयर बालेन


२० चैत्र २०८१, बिहिबार  



काठमाडौ महानगर मेयर बालेन्द्र साहका हजारौं कमजोरी होलान्।तर, संघीय लोकतान्त्रिक गणतन्त्रका एक कुशल स्थानीय शासक हुन्। विधि र पद्धतिको हुर्मत लिएर असफल राष्ट्र बन्ने जोखिममा भएको बेलामा उनका कर्मले धेरैलाई आशा जगाइदिएको छ।

ठूलालाई चैन,सानालाई ऐन लाग्ने यो समाजमा उनी सबैलाई बराबर कानुनको अभ्यास गरिरहेका छन् । त्यसैका कारण उनी अत्यधिक लोकपृय मात्रै होईन भरोसाको केन्द्र बनेका छन् ।संविधानले सबै नागरिक बराबर हुन्।सार्वभौमसत्ता जनतामा निहित भएको व्यवस्था गरेको छ।यही संविधान र कानुनको अक्षरस पालाना कसैले गरेको छ, भने त्यो पात्र हो ,मेयर बालेन।

त्यसका धेरै उदाहरणहरू छन् । ती मध्य पछिल्लो उदाहरण हो, दल वा समूहले काठमाडौ महानगर भित्र फोहोर तोडफोड गरेमा कानतः सबैलाई जरिवाना तिराउने। यो थिति बसाउन र विधिमा शासन चलाउन हो।यही लोकतन्त्र असल अभ्यास मेयर बालेनले गरिरहेका छन् ।

त्यसैको पछिल्लो सन्दर्भ ज्ञानेन्द्र शाहको योजनामा काठमाडौमा आयोजित सडक आन्दोलन । मिति २०८१ साल चैत १५ गते। त्यस दिन विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कमान्डरमा तीनकुनेमा आ न्दोलन भयो।आ न्दोलनमा मान्छे मारिए ,लुटपाट भयो। यसरी आन्दोलनका नाममा सडकमा फोहोर गरियो, सार्वजनिक सम्पत्ति तोडफोड भयो।स्थलगत प्रतिवेदन पछि मेयर बालेनले निर्मल निवास निबासी ज्ञानेन्द्र शाहको नाममा ७ लाख ९३ हजारको जरिवाना काटे।

गएको आईतबार महानगरको टोली निर्मल निवास पुगेर पत्र थमाउन खोज्यो। ज्ञानेन्द्र शाहले आ फूलाई राजा ठानेर पत्र अस्वीकार गरे।महानगरले पुनः हुलाकबाट पत्र पठायो ।राजावादी आन्दोलनका दिन समाजवादी मोर्चाले भृकुटीमण्डपमा कार्यक्रम गरेर सडक सफा गर्यो।जसको संस्कृतिविद् डाक्टर जगमान गुरूङले पनि निकै तारिफ गरे। नवराज नजरबन्दमा परेपछि राजसंस्था पुनर्थापनाका लागि उनै निमित्त कमान्डर तोकिएका छन् ।

यश अघि चैत पहिलो साता राप्रपाले काठमाडौमा सभाको आयोजना गरेर सडक फोहोर गरायो। महानगरले सडक फोहोर गरेको भन्दै जरिवाना पत्र काट्यो। प्रारम्भमा राप्रपाले पनि एमालेको जस्तै उदण्ड पारा देखायो। उसका कार्यकर्ताले मेयरलाई गाली गर्न थाले। लिङ्देनले जरिवाना नतिर्ने अड्डी कसेपनि राप्रपा नेता ज्ञानबहादुर शाहीको समूहले जरिवाना तिर्यो।

यही चैत १५ गते ज्ञानेन्द्र शाहको योजनामा भएको कार्यक्रममा भएको फोहोरको जरिवाना तिरेन, निर्मल निवासले। ज्ञानेन्द्र शाहलाई मेयर बालेनले जरिवाना तोकेको भन्दै उनका अनुयायीहरू सडक र सञ्जालमा रोइकराई गरिरहेका छन् ।

विधिको शासनकाे वकालत गर्ने यी मानिसहरूले बालेनलाई पढाइ रहेका छन् । यश अघि बालेन आउ देश बचाउ भन्ने यीनै राजावादीहरू यतिबेला भने सबैभन्दा बढी गाली बालेन साहलाई गरिरहेका छन । सत्तारूढ एमालेले पनि अझै जरिवाना तिरेको छैन। एमालेलाई भ्रष्ट पार्टी भन्ने यीनै राजावादी समूह हुन्। जसले सडकमा फोहोर गरेपछि जरिवाना तिर्न अटेरी गरेका छन् ।गणतन्त्रमा त यीनीहरू यति अराजक छन् भने शाही शासन दोहोरिए यीनीहरूले कस्तो व्यवहार गर्लान् ?


पछिल्लो समय शिक्षकहरू आन्दोलन छन्। यसक्रममा सडकलाई सुरक्षित ,सफा राख्न मेयर बालेन साहले आग्रह गरेका थिए। शिक्षकहरूले पनि उनको आग्रहलाई मनन गर्दै सडकमा फोहोर गरेका छैनन् ।त्यसका लागि बालेनले धन्यवाद पनि दिएका छन् । कथित राजावादीहरू अनेकौं नाैटंकी गरिरहेका छन् ।गणतन्त्र राजा र रैती हुदैनन् भन्ने सामान्य चेत पनि नभएका यीनीहरूकाे गालीले मेयर बालेन डगमगाएका छैनन् ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ७ : १९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित