२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

राष्ट्र बैंकको गभर्नरको दाैडमा काे- काे छन् ?


२० मंसिर २०८१, बिहिबार  


नेपाल राष्ट्र बैंककाे गभर्नर पदम आगामी चैत तेस्रो सातादेखि रिक्त हुदै छ।हालका गभर्नर महाप्रसाद अधिकारीकाे कार्यकाल सकिनै लाग्दा गभर्नरको लागि दाैडधुप शुरू भएको हाे।

राष्ट्र बैंकमा कर्मचारीलाई उमेर हद लागे पनि गभर्नर बन्नलाई भने यस्तो प्रावधान छैन । धेरै योग्यता नतोकिएको र उमेर हदको बन्देज नलगाइएकाले पनि राजनीतिक र आर्थिक पहुँच पुग्नासाथ गभर्नर बन्नेहरूकाे नजिर छ विगतमा त्यस्ता व्यक्तिले पदमा पुग्न इच्छा देखाएर पूरा गरेका थिए । 

नेपाल राष्ट्र बैंक ऐनमा गभर्नरका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुनतर्फ कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ ।

त्यसैगरी नेपाल सरकार वा बैंकको विशिष्ट श्रेणीको पद वा विश्वविद्यालयको प्राध्यापक वा ‘क’ श्रेणीको वाणिज्य बैंक वा वित्तीय संस्थाको कार्यकारी प्रमुखले पनि गभर्नर बन्ने योग्यता राख्छन् । गभर्नर महाप्रसाद अधिकारीको म्याद चैत २३ गते सकिएपछि नियुक्तिका लागि सरकारले अहिलेदेखि केही तयारी पनि थालेको बुझिएको छ । 

सरकारले दशैंको मुखैमा आर्थिक सुधार सुझाव आयोग गठन गरेसँगै आगामी गभर्नरको चर्चा चल्न थालेको हो । हुन त गएकाे साउनमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश पाएसँगै सुशील भट्टलाई पनि आगामी गभर्नर भनिएकाे थियो भाइ बिचौलिया दिपक भट्ट नेताहरुको दैलो धाएका थिए । तर सुशीलकाे विषय विज्ञता र क्षेत्र दुबै हाेईन।

प्रधानमन्त्रीका विकास सल्लाहकार तथा पूर्व अर्थमन्त्री एवम् गभर्नर, योजना आयोगका पूर्व उपाध्यक्षको साथै अमेरिकाको लागि राजदूत भइसकेका डा. युवराज खतिवडाको सिफारिसमा गठित आर्थिक सुधार सुझाव आयोगका अध्यक्ष रामेश्वर खनाल आगामी गभर्नरका निम्ति पहिलो नम्बरका उम्मेदवार हुन सक्ने अनुमान गरिएको छ । उनको समितिले दिने प्रतिवेदन कार्यान्वयन गर्न उनैलाई गभर्नरको जिम्मा दिएपछि सरकारलाई राहत हुने एकथरीकाे दाबी छ ।


उनको नाम चर्चामा आएको सत्य हो । यसअघि पनि उनले ईच्छा देखाए सम्भावना धेरै छ। पाँच वर्षअघि महाप्रसाद अधिकारीलाई गभर्नर बनाउँदा पनि तत्कालीन अर्थमन्त्री खतिवडाले रामेश्वरकै नाम लिएका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना र रोजाईमा अधिकारी परेपछि परिस्थिति खनालको निम्ति प्रतिकूल बनेको थियो ।

यसपटक खनाललाई रिजर्भ बैंक अफ इण्डियाका तत्कालीन गभर्नर रघुराम राजनको नियुक्तिसँग जोडेर हेर्न थालिएको छ । अमेरिकाको युनिभर्सिटी अफ सिकागो बुथ स्कूलमा फाइनान्सका प्रोफेसर तथा बैंक फर इन्टरनेशनल सेटलमेन्ट्सका बोर्ड उपाध्यक्ष राजनलाई सन् २०१३ मा मोदी सरकारले गभर्नर नियुक्त गरेको थियो ।

त्यसअघि उनी अन्तर्राष्ट्रिय मुद्रा कोषमा प्रमुख अर्थशास्त्री तथा अनुसन्धान विभागका निर्देशक थिए । यता खतिवडा र खनाल पनि कोष र विश्व बैंकले मान्ने थोरै नेपालीमध्ये भित्रमा पर्छन् ।

बैंकभित्रैबाट चाहिँ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाको दौड अरुभन्दा बढी देखिन्छ । यता खतिवडाले खनालको नाम अगाडि सारेको सुइँको पाएपछि कांग्रेस सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरीले ज्ञानेन्द्र ढुंगानालाई बोकेर हिँडेको चर्चा हुन थालेको छ । ढुंगाना चौधरीको लगानी रहेको नबिल बैंकका सिइओ हुन् । ज्ञानेन्द्र र निलम नाताले दिदीभाइ पर्दछन्।

गभर्नरका लागि विभिन्न कोणबाट राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर शिवराज श्रेष्ठ, नागरिक लगानी कोषका पूर्व प्रमुख कार्यकारी अधिकृत रमण नेपालको नामसमेत चर्चामा छ । राष्ट्र बैंककै अर्का डेपुटी बमबहादुर मिश्र र पूर्व कार्यकारी निर्देशक देवकुमार ढकाललाई समेत मुख्य प्रतिस्पर्धीको रुपमा हेर्नेहरु पनि धेरै छन्।यद्यपि गभर्नर काे बन्छ , आगामी चैत २३ लाई कुर्नुपर्छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ६ : २३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित