२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

पर्यटक आगमनमा ९ प्रतिशतले वृद्धि ,पुरानो लयमा फर्कियो पर्यटन उद्योग


१८ श्रावण २०८२, शनिबार  


सन् २०२५ को जुलाई महिनामा नेपालले कुल ७० हजार १ सय ९३ जना अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको छ ।

यो संख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो ।

नेपाल पर्यटन बोर्डका अनुसार, महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत पुरानो लयमा फर्किएको छ । यसले कोरोनापछिको अवरुद्ध पर्यटन क्षेत्रले पुनः लयमा पकडेको देखिन्छ ।

सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कुल ६ लाख ४७ हजार ८ सय ८२ जना अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको छ । जुन महामारीपछिको कुनै पनि वर्षको तुलनामा उच्चतम आगमन हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो संख्याले नेपालको पर्यटन पुनरुत्थान र विश्वभर फेरि एकचोटि लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको दाबी गरेका छन् । ।

जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १ सय ५२ जना अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् । दोस्रो स्थानमा चीनबाट ६ हजार ८ सय ९० जना ९९.८ प्रतिशत, तेस्रोमा अमेरिकाबाट ६ हजार ६ सय २६ जना ९९.४ प्रतिशत०, बंगलादेशबाट ४ हजार ४ सय १३ जना ९६.३ प्रतिशत० र बेलायतबाट ३ हजार ५ सय ४७ जना ९५.१ प्रतिशत० पर्यटक नेपाल आगमन भएको छ ।

क्षेत्रीय विश्लेषण गर्दा दक्षिण एशियाली मुलुकहरूबाट सबैभन्दा बढी ३३ हजार ७ सय ८७ जना ९४८.१ प्रतिशत छन् अन्य एशियाली मुलुकहरूबाट १३ हजार ५२ जना ९१८.६ प्रतिशत, युरोपबाट ९ हजार २९२ जना ९१३.२ प्रतिशत०, अमेरिकाबाट १२ हजार ७७५ जना ९११।१ प्रतिशत, ओसिनिया क्षेत्रबाट १ हजार ८ सय ७ जना ९२.६ प्रतिशत, मध्यपूर्वबाट ८२६ जना ९१.२ प्रतिशत, अफ्रिकाबाट ३१८ जना ९०.५ प्रतिशत० र अन्य क्षेत्रबाट ३ हजार ३ सय २९ जना ९४.७ प्रतिशत० पर्यटक आगमन भएको छ ।

बोर्डका सीईओ जोशीले भने,‘भिजिट नेपाल दशकअन्तर्गत सञ्चालन भइरहेका प्रवर्धानात्मक कार्यक्रम , निजी क्षेत्रको लगानी प्रवाह, र विविध पर्यटकीय उत्पादनहरूले पछिल्लो समय नेपालमा पर्यटक आकर्षण बढेको छ ।’

प्रकाशित मिति : १८ श्रावण २०८२, शनिबार  ६ : २३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित