१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

अवरुद्ध नागढुंगा- मुग्लिङ सडक एकतर्फी रूपमा खुला


१४ आश्विन २०८१, सोमबार  


गएकाे शनिबार अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको नागढुंगा–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

आइतबार साँझ ६ बजे पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको नागढुंगा–मुग्लिन सडक योजना कार्यालयका प्रमुख केशवप्रसाद ओझाले बताएका छन्

आईतबार बेलुकी देखि मुग्लिनबाट काठमाडौंका लागि छुटेका गाडीहरुलाई मात्र एकतर्फी रुपमा काठमाडौं आउन दिइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।

प्रहरीका अनुसार हाललाई धादिङबाट काठमाडौंतर्फ आउनका लागि मात्र एकतर्फी रुपमा सडक खुलाइएको हो। काठमाडौंका लागि हिँडेर विभिन्न खण्डमा चार हजार गाडी रोकिएका थिए।

पहिरोको जोखिमले गर्दा अन्य सवारी साधन राति सञ्चालनमा भने गृह मन्त्रालयले रोक लगाएको थियोे । शुक्रबारदेखि सडकमा रोकिएका सवारी साधनलाई मात्र अहिले प्रहरीको सहयोगमा गन्तव्य पठाउन लागिएको आयोजनाले बताएको छ ।सडक धेरै ठाउँमा भत्किएको र पहिरो खसेका कारण पूर्णरूपमा आउन अझै केही दिन लाग्ने देखिन्छ । दशैकाेसम्मुखमा परेकाे झरीले यात्रुलाई दशै मनाउन घर जान मुश्किल भएको छ।हवाई भाडा निकै महंगो छ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ६ : २५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित