१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

शेखर भन्छन्-‘पूर्व विशिष्टलाई सुविधा दिने निर्णय विनास काले विपरीत बुद्धि’


३० फाल्गुन २०८१, शुक्रबार  



सत्तारूढ दल नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पूर्व विशिष्टलाई कानुन बनाएर सुविधा दिने निर्णय गलत भएको टिप्पणी गरेका छन् ।

सरकारकाे यश कदमप्रति आपत्ति जनाउँदै उनी सामाजिक सञ्जालमा लेख्छन् ,”सरकारको यो कदम विनास काले विपरित बुद्धि हो।”


सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोस, सत्तारुढ पार्टी भित्र नै सरकारको कामको तिव्र विरोध र गलत तत्वहरुले सडक तताइरहेको संवेदनशील अबस्थामा अर्को दुस्कर्मको प्रयास हो,यो पूर्व विशिष्टलाई आजिवन सुविधा दिने निर्णय पनि ।


यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन । सरकार, यस्ता काम अघि नबढाउ बरु दिईएको सुविधा पनि घटाऊ ।
सरकारको कदम विरूद्ध सत्तारूढ दल कांग्रेस भित्रका नेताहरू विरोध जनाएका छन् ।प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको सल्लाहमै संसदमा विधेयक दर्ता गर्ने सरकारी तयारी छ।यश विषयमा प्रमुख प्रतिपक्षी दल माओवादी यो खबर प्रकाशन गर्दासम्म प्रतिक्रियाविहिन देखिन्छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  १० : २५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित