२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

माध्यमिक विद्यालय साैडियार दाङमा एसइईकाे प्रमाणपत्र शुल्क ८ हजार !


५ कार्तिक २०८१, सोमबार  


दाङको घाेराही उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको एक सरकारी विद्यालयले माध्यमिक शिक्षा परीक्षा ( एसइई) उत्तीर्ण गरेको प्रमाणपत्र शुल्क ८ हजार लिने गरेको पाईएकाे छ।

विद्यार्थी राेक्न अभिभावक र सराेकारवालाकाे छलफलबाट प्रमाणपत्र शुल्क प्रति विद्यार्थी ८ हजार रूपैया लिने निर्णय गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष निशान दाजु भट्टराईले बताए ।

उपमहानगरपालिकामा विद्यालय अनुदान व्यवस्थापन गर्न पटकपटक माग गरेपनि मेयर नरूलाल चाैधरीले शिक्षक संगठनमा आबद्ध शिक्षककाे चासाे गर्ने,तर विद्यालयकाे शैक्षिक सुधारमा कहिल्यै नसघाउने गरेकाे अध्यक्ष भट्टराईले आराेप लगाए। कसैबाट विद्यालयलाई सहयोग पनि नभएपछि विद्यालय चलाउन शुल्क बढाउनु परेको पनि उनलेे बताए । यश अघि एमाले निकट शिक्षक संगठनका नेता ज्ञानेन्द्र गाैतम विद्यालयका प्रधानाध्यापक थिए,विद्यालयकाे अवस्था निकै जर्जर थियोे ।उनी निवृत्त भएपछि अहिले नन्दबहादुर वलीले विद्यालय प्रशासन सम्हालेका छन् । दलकाे काम भन्दा विद्यालय सुधारमा हालका प्रधानाध्यापक वली सक्रिय रहेकोले शैक्षिक सुधारका संकेत देखिएको पनि व्यवस्थापन समिति अध्यक्ष भट्टराईले दाबी गरे।
यश विद्यालयमा कक्षा १२ सम्मकाे पढाइ हुदै आएकाे छ। विद्यालय अभिलेख अनुसार यश विद्यालयमा ५ सय ४५ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा माध्यमिक तहकाे स्थायी दरबन्दी ३ र राहत १ रहेको छ।यस्तै आधारभूत ६-८ मा ४ र १-५ मा ६ मध्य २ जना राहत शिक्षक रहेको प्रधानाध्यापक नन्दबहादुर वलीले जानकारी दिए। विद्यार्थीलाई गाउँमा राेक्न घरदैलो अभियान पनि चलाएको बताए ।

गाउँमा कक्षा १२ सम्मकाे शिक्षा दिने उदेश्यले शिक्षा संकायमा पढाइ हुँदै आएकाे छ। विद्यालयमा शिक्षा संकायकाे कार्यक्रम संचालन भए पनि विद्यार्थी अन्यत्र जान थालेपनि विद्यालयले प्रमाणपत्र शुल्क महंगो बनाएको हाे।
यश विषयमा केही दिन अघि घाेराही उपमहानगरपालिका मेयर नरूलाल चाैधरीले विद्यार्थीसंग अस्वभाविक शुल्क नलिन भन्दै विद्यालयलाई माैखिक निर्देशन दिएका थिए। विद्यालयलाई निर्देशन दिदै आ एका मेयरले विद्यालयकाे शैक्षिक सुधार कतै सिन्काे नभाँचेकाे अभिभावक तथा शिक्षक बताउँछन् ।

नयाँ संविधान अनुसार शिक्षाको व्यवस्थापन तथा सञ्चालनकाे जिम्मा स्थानीय सरकारलाई दिईएकाे छ।तर,दल विशेषकालाई ताेप्ने र आफ्नाे दल बाहिर भएका अझ भनाै दलविहिन शिक्षकमाथि ठाेक्ने प्रवृत्ति झाँगिएकाे छ।यस्ता चरम राजनीतिक प्रतिशाेधबाट इमानदार शिक्षकहरू प्रताडित छन् । माध्यमिक विद्यालय साैडियार पनि यस्ता प्रवृत्तिकाे शिकार भएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ६ : २६ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित