२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

कलियुगका ‘धुन्धुकारी’ प्रसाईंको अवसान !


२९ चैत्र २०८१, शनिबार  


प्रसाईं प्रवृत्ति र उनले समाजमा सिर्जना गरेको अराजकता ,विध्वंस र घृणाको चर्चा गर्नु पहिले धुन्धुकारीको रोचक कथा हेरौं ।


श्रीमद्भागवत पुराणमा गोकर्ण र धुन्धुकारीको रोचक कथा छ ।भागवत पुराणमा चर्चा गरिए अनुसार परापूर्वकालमा तुङ्गभद्र नदीको तटमा एउटा अनुपम नगर थियो । त्यहाँ आफ्नो आफ्नो वर्णका मानिसहरु आफ्नो आफ्नो धर्मको आचरणका साथ सत्यकर्ममा तत्पर रहन्थे । त्यस नगरमा वेद विशेषज्ञ एक आत्मदेव नामका ब्राह्मण पनि बस्तथे । उनी दोस्रो सूर्यका समान तेजस्वी थिए । धनी भएर पनि भिक्षाजीवी थिए । उनकी परी श्रीमती धुन्धुली कुलीन एवं सुन्दरी भएर पनि केही न केही बकवास गरिरहने, क्रुर थिई । गृहकार्यमा निपुण थिई, तर झगडालू थिईन् ।

जब अवस्था ढल्कँदै गयो, यी ब्राह्मण दम्पत्तीले सन्तान प्राप्तिका लागि अनेक तरहका पूण्यकर्म शुरु गरे। धर्ममार्गमा उनीहरुको आधा सम्पत्ति खर्च भयो, तैपनि उनीहरुले छोराछोरीको मुख देख्न पाएनन् । यसले ब्राह्मण आत्मदेव असाध्यै चिन्तित थिए।

एकदिन ब्राह्मण आत्मदेव अत्यन्तै दुःखी भएर जंगलतिर लागे । दिउँसो असाध्यै तिर्खा लाग्यो, उनी तलाऊ छेऊमा पानी पिउन पुगे । सन्तान सुखबाट पीडित भएर थकित भएर बसेका उनको छेउमा एक सन्यासी माहात्मा आइपुगे । अनि नमस्कार गर्दै ब्राह्मणले लामो लामो सास फेर्न थाले ।

माहात्माले सोधे,‘भन ब्राह्मण देवता, किन रुँदैछौ रु तिम्रो चिन्ताको कारण के हो ? ‘ब्राह्मणले भने‘महाराज, म आफ्नो पूर्वजन्मको पापबाट सञ्चित दुखको कसरी वर्णन गरौं ? देवता एवं ब्राह्मणहरु मैले दिएको केही चिज प्रशन्न भएर ग्रहण गर्दैनन् । सन्तानका लागि म यति दुःखी भएको छु कि मलाई सबैतिर शून्य-शून्य देखिरहेको छु । यसो भन्दै आत्मदेव ब्राह्मण सन्यासीका अगाडि भकानिएर रुन थाले ।

सन्यासीले उनलाई संसारप्रतिको मोह र वासना त्याग्न आग्रह गरे । कुटुम्बको आशा छाडेर सन्यासी बन्न आग्रह गरे । तर, ब्राह्मणले विवेकले मेरो केही हुँदैन भन्दै बलपूर्वक पुत्र दिन आग्रह गरेपछि । सन्यासीले एउटा फल दिँदै ब्राह्मणलाई भने,‘यो फल तिम्री श्रीमतीलाई खान दिनू, यसबाट तिमीलाई एउटा पुत्रलाभ हुन्छ ।

घरमा आएर ब्राह्मणले त्यस फल श्रीमतीलाई खान
दिए अनि कामतिर लागे । उनकी श्रीमती कुटिल स्वाभावकी थिईन् । उसले फल नखाइकन आफ्नी साथीसँग म यो फल खान्न भनिन् । फल खायो भने गर्भ रहनेछ । गर्भले मेरो रूप सबै नाश हुनेछ बच्चाको लालन पालनमा पनि बडो कष्ट हुन्छ ।

त्यसपछि ब्राह्मण टुप्लुक्क घरमा आइपुगे। अनि फल खायौ रु भनेर श्रीमतीलाई सोध्दा उसले खाएँ भनेर श्रीमानलाई ढाँटीन् । तर, त्यो फल उसले आफ्नो घरमा पालेको गाईलाई खान दिएकी थिईन्। । उसकी बहिनीको पेटमा गर्भ थियो । दिदी-बहिनीले सल्लाह गरे, दिदीले गर्भवती भएको नाटक गर्ने, बहिनीले छ महिनामा गर्भपतन भएको नाटक गर्ने र सुटुक्क बच्चा जन्माएर दिदीलाई दिने । बहिनीका श्रीमानलाई केही सम्पत्ति दिएर ‘कन्भिन्स’ गर्ने ।

अन्ततः यसै गरियो । ब्राह्मण पत्नी धुन्धुलीले छोराको नाम धुन्धुकारी राखिन् । केही समयपछि घरमा पालेको गाईले पनि मान्छे जस्तै सन्तान जन्मायो । त्यसको नाम गोकर्ण राखियो । सबैजना छक्क परे । पुत्रलाभ भएकोमा ब्राह्मण प्रशन्न भए । दुबै सन्तान क्रमशः हुर्कँदै जान थाले ।

पछि दुबै सन्तानहरु जवान भए । गोकर्ण ठूलो पण्डित एवं ज्ञानी भएर निस्किए भने धुन्धुकारी चाहिँ महा फटाहा निस्किए । क्रोध गर्ने, खराब वस्तुहरु संग्रह गर्ने, अर्काको धनमाल चोर्ने, अरुको घरमा आगो लगाइदिने, अरुका छोराछोरीलाई पोखरीमा फालिदिने । उसमा हिंसाको आदत बस्न थाल्यो । भण्डाहरुको संगतमा उसको विशेष प्रेम थियो । अन्नतः ‘वेश्या’को जालमा परेर आफ्नो पिताको सबै सम्पत्ति नष्ट गरिदियो । एकदिन आमाबुबालाई पिटेर मालमत्ता समेत उठाएर लग्यो । ब्राह्मण दम्पती रुन थाले । त्यहीबेला गोकर्ण आइपुगे र भने‘पिताजी, यो संसार सारविहीन छ । यसले अत्यन्त दुख एवं मोहमा पार्छ । पुत्र कसको ? धन कसको ? स्नेहवान पुरुष रातदिन बत्ति समान जलिरहन्छ । ‘यो मेरो छोरो हो’ यो अज्ञानता छाडिदिनोस् । मोहबाट नरक मात्रै प्राप्त हुन्छ । त्यसैले यो सबै छाडेर हिँड्नोस् जंगलमा जाऔं ।’यसप्रकार छोरा गोकर्णको भनाइबाट प्रभावित भएर आत्मदेवले घर छाडिदिए ।
हो,ठ्याक्कै यही प्रवृत्ति छ, दुर्गा प्रसाईंमा कांग्रेस ,मा ओ वादी हुँदै एमाले भएका उनले तीनवटै शीर्ष नेताहरूको नाडी छामेका छन् । उनै प्रसाईं यति बेला भागवत गीतामा वर्णित कथाको धुन्धुकारी झैं छन्।

गणतन्त्रिक शासक प्रतिउत्पादक हुन्,,दुर्गा प्रसाईं कलियुगका धुन्धुकारी हुन्।हरेक अभिव्यक्तिमा आमाको कसम खाने उनी एकाएक उम्लिदै गए। मेडिकल कलेजको सम्बन्धन नपाएको झोकमा उनी लघुवित्त र बैंकमाथि आगो ओकल्न थाले । माडवारी समुदायलाई पहिलो निशाना बनाएका उनी अन्ततः व्यवस्था फाल्न भन्दै हुँकार गर्न थाले। राजनीतिक परिवर्तनको करिब दशकमा नेपाली समाजको एउटा तप्काले महानायक खोज्न थाल्छ । यही नायक बन्ने फ्रेममा उनी परे।

विचारशील, विनयशील, विवेकशील र सिर्जनशील होईन। उदण्ड, अराजक , असभ्य र असहिष्णु उनैलाई समाजले नायक बनाउन थाल्यो। सञ्जालको तीब्र विकास भएको यही मौका प्रसाईं गाली बाजका नायक भएर उदाए। युट्युबर बोकेर गाली विज्ञानमा प्रखर बनेका उनीमा अहंकार,दम्भ,घमण्ड र प्रतिशोध निकै मौलायो। तथ्यमा भन्दा कथ्यमा रमाउने, विवेक भन्दा आवेगलाई समाउने पात्रको रूपमा उनी विषवृक्ष झै झाँगिदै गए
। द्वन्द्वकालमा झापामा भैंसी पालेका उनी यतिबेला आफूलाई पाँच सय करोडको मालिक ठान्छन् ।
बैंकमा छ सय करोडको ऋणी भएका उनी बैंक विरू्द्ध विषबमन गर्दै आए। बैंकबाट ऋण लिने तर, नतिर्ने मनशाय भएकाहरूले उनलाई भगवान अर्थात् नायक मान्न थाले।


युट्युबर बोलाएर होस् या सडकमा पुगेर उनले बोल्ने अभिव्यक्ति गतिछाडा थियोे र छ। संस्कृति र धर्म बचाउने अभियानको नायक बनेको मानिसको मुखबाट निस्किने यस्ता अभिव्यक्तिले सबैलाई लज्जित बानाउँथ्यो र अहिले पनि बनाउँछ।


ओली र प्रचण्डलाई मार्सी भात खुवाएर चर्चामा आएका यीनीमा महत्त्वकांक्षा निकै उछालिएको थियोे । गलत सूचना सार्वजनिक गरेर व्यक्तिको चरित्र हत्या गर्ने र घृणा फैलाउने यीनको उद्यम छ। ओलीसंग चिढिएपछि यीनले बकेका अभिव्यक्ति सुन्दा जिब्रो टोक्ने अवस्था छ। यीनको प्रवृत्तिको विषयमा टिप्पणी गरे जो कोही पनि निशानामा पर्ने गरेको छ।

आर्थिक पृष्ठभूमि त्यति खानदानी नभएपनि गणतन्त्रपछि उनी नवधनाढ्य बने। ८ करोडको गाडी चढेर हिड्ने प्रसाईंले दुनियाँलाई मात्रै बेकुफ बनाएनन् , ज्ञानेन्द्र शाहलाई समेत राजगद्दीको सपना देखाए । राजनीतिक संस्कार नभएको एक उदण्ड , अराजक र धुन्धुकारीलाई शाहले राजा फर्काउने आन्दोलनको सडक कमान्डर बनाए। उनै प्रसाईं पनि चिहानको राजतन्त्र बोकेर सबैको बैंक ऋण मिनाहा गराइदिने भ्रम र जाल फ्याँकिरहे। सोझा जनता ऋण मिनाहा गराईदिने आश्वासन दिएको प्रसाईंलाई भगवान मान्न थाले।

यति मात्रै होईन राजावादी समूह र पूर्व पञ्चहरूले समेत अब प्रसाईँले राजसंस्था फर्काइदिने र सत्ताको स्वाद फेर्ने सपना देखिरहे। राजतन्त्र फर्काउँदा बैंकको ऋण पनि स्वतः मिनाहा हुन्छ भन्दै उनले बैंकको ऋण र राजतन्त्रलाई एकैठाउँमा घोलेर खुबै प्रचार गरिरहे। दलका नेताले देश बर्बाद पारे।यीनीहरूलाई श्रीलंका र बंगलादेशमा जस्तै लखेट्ने भन्दै भीडलाई उछालिरहे।

समाजको एउटा तप्का रुष्ट छ। यश समूहमा कोही ज्ञानेन्द्रको सत्ता गुमेकोमा क्रोधित छ, कोही बंगलादेशमा जस्तै लुटपाट गर्न पाईन्छ र उता बैंकको पनि ऋण मिनाहा हुन्छ ।यही भाष्यको नशामा प्रसाईंले भीड बटुले।उनै भीडका भाईरललाई त्यो समूहले महानायक बनायो, जसले कमल थापा र राजेन्द्र लिङ्देनले गर्न नसकेको काम फत्ते गरेर फ्याट्ट राजतन्त्र ल्याईदिउस् भन्ने ठूलो भरोसा राख्यो।राजतन्त्र फर्किन्छ, भन्दै मुख मिठाइरह्यो।

हुन प्रसाईं प्रवृत्ति हाम्रो समाजको उपज हो। समाजको चेतना र विवेक जस्तो छ, त्यस्तै नेता जन्मिन्छ र हुर्किन्छ। यही समाजमा हुर्किएका प्रसाईंले राजसंस्था फर्किएमा देशको विद्यमान समस्या जादुको छडी झै हुनेछ भन्दिए । फू मन्तरकै भरमा उलटपुलट हुनेछ । यही भाष्य निर्माण गरे,प्रसाईंले ।यसलाई राम्रो उकेरा लगाउने काम गणतन्त्रका सत्ताधारीले पनि खुबै गरे। जनचाहना विपरीत निर्णय गरेर जनमानसमा उत्तेजना फैलाउने काम गरे।यही उत्तेजनाको तलाउमा ढुंगा हानेर प्रसाईं नायक बन्न खोजे।ओली, प्रचण्ड र देउवा नायक बन्न सकेनन्। दल र सत्तामा असफल भए ।जतिपटक असफल भए उति पटक दोहोरिए।जसले जनतामा चरम निराशा छायो।यही माहोलमा प्रसाईं नायक बन्ने कोशीस गरे।
यही नायक खोज्ने अभियानमा अहिले एकाएक दुर्गा प्रसाईँँ यसरी छाएका छन् । प्रसाईँं राजेन्द्र लिङदेनभन्दा बढ्दा राजावादी बनेर निस्किएका छन् । यद्यपि उनीसँग उत्तेजना र उदण्डता मात्रै छ। ठोस नीति र कुनै राजनीतिक कार्यदिशा थिन र छैन।

तेह्रथुमको आठराईमा जन्मेर झापा झरेका प्रसाईं एकताका ओ लीको निकै प्रशंसा गर्दथे।२०७९ को निर्वाचनमा झापा ३ बाट सांसद बन्ने चाहाना पूरा नभएपछि उनी भड्किएको देखिन्छ ।उनको त्यो भडकाव चैत१५ गते तीनकुनेमा निकै उम्लिएर पोखियो। उनका यति विरोधाभाष अभिव्यक्ति छन् ।हरेकलाई अलमल हुन्छ । कहिले धनको रवाफ लगाउँछन् ।त कहिले आ फू सर्वहारा वर्गको नेता ठान्छन् ।कहिले मेरो बाउ सात वटा श्रीमती ल्याएकोले आ फूले पनि ड्याम ड्याम घर बनाएर राखिदिने बताउँछन् त कहिले महिलाको पीडाको अभिनय गर्छन्। हरेक अभिव्यक्ति विवादास्पद मात्रै होईन, तथ्यहिन र मिथ्यामा आधारित हुन्छन् । यीनका यस्ता अभिव्यक्ति सुनिसकेपछि उनी कस्ता मानिस हुन् भन्नेबारे धेरै बताइरहनुपर्दैन ।

उनी कतिसम्म हावादारी छन् भन्ने तथ्यहरू धेरै छन् ।ती मध्ये उनले एक महिनासम्म काठमाडौंमा लगातार प्रदर्शन गरेर व्यवस्था उल्ट्याउने धम्की दिन्थे। जबकि माओवादीले ६ दिने हडताल गरेर काठमाडौं घेर्दा एउटा सरकार त ढाल्न सकेको थिएन, आज व्यवस्था नै बदल्ने कुरा आफैमा हास्यास्पद हो।तैपनि पार्टी र संगठन नै नभएका प्रसाईँ ७७ वटै जिल्लामा विद्रोह सुरु भयो भन्थे । उनी एकातिर रत्नपार्कदेखि बानेश्वरसम्म महिलाले सडकमा दिशा गर्दा व्यवस्था फेरिन्छ पनि भन्थे अर्कोतिर लेनिनले जस्तै अक्टोबर क्रान्ति गर्ने भन्दै
आए ।

नेताका घरघरमा पसेर कुट्ने, बाटो हिँड्न नदिने भने भने अर्कोतिर शान्तिको पनि कुरा गरे। आफ्नो व्यवस्था आयो भने मिडियालाई देखाइदिन्छु भन्दै धम्क्याए। उनले अहिले पनि आफ्ना खल्तीका युट्युबर बाहेक अरूलाई पत्रकार ठान्दैनन्,देशद्रोही भन्छन् । चैत २९ गते हत्कडी लगाएर अदालत जाँदासम्म उस्तै अराजकता देखाउँछन्।

प्रकाशित मिति : २९ चैत्र २०८१, शनिबार  ९ : २६ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित