१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

विश्वको उत्कृष्ट विमानस्थल उपाधि टर्कीको इस्तानबुल एयरपोर्टलाई


१४ श्रावण २०८२, मंगलबार  



टर्कीको इस्तानबुल एयरपोर्टले विशवको उत्कृष्ट विमानस्थलको उपाधि पाएको छ।

ट्राभल प्लस लेजरले यात्रुहरूसंग गरेको सर्वेक्षणका आधारमा इस्तानबुल उत्कृष्ट विमानस्थल बनेको हो।

भित्री झरना र हरियालीका लागि प्रसिद्ध सिंगापुरको चांगी एयरपोर्टले यश वर्षको उत्कृष्ट विमानस्थलको उपाधि गुमाएको छ।

यो उपाधि टर्किको इस्तानबुल सहरको एयरपोर्टले खोसेको हो ।
इस्तानबुल एयरपोर्टले ट्राभल प्लस लिजरको २०२५ वर्ल्ड वेष्ट अवार्डमा ९८।५७ अंकका साथ पहिलो स्थान हासिल गरेको छ । सिङ्गापुरको चांगी एयरपोर्ट सूचीमा दोस्रो स्थानमा छ। शीर्ष १० उत्कृष्ट विमानस्थलमा अरब र एशियाली एयरपोर्टहरूको प्रभुत्व छ। भारतको मुम्बई एयरपोर्ट पनि शीर्ष १० मा पर्न सफल भएको छ ।

सिंगापुरको चांगी एयरपोर्टले विश्वको सबैभन्दा अग्लो इनडोर झरना र ६ लाख बिरुवाहरूको कारणले विश्वको ध्यान आकर्षित गर्दछ। यद्यपि, यस वर्ष इस्तानबुल एयरपोर्टले आफ्नो बढ्दो विश्वव्यापी कनेक्टिभिटी, उत्कृष्ट पूर्वाधार र राम्रो यात्रु अनुभवका कारण पहिलो स्थान लिएको छ। यस्तै युएईका दुई एयरपोर्ट शीर्ष ५ मा परेका छन्।

सन् २०२५ विश्वका उत्कृष्ट एयरपोर्टहरू

ट्राभलं लेजरले यात्रुहरूको सर्वेक्षणका आधारमा उत्कृष्ट विमानस्थलको सूची तयार गरेको छ।

१ इस्तानबुल एयरपोर्ट ९५.७० को स्कोर संग पहिलो स्थानमा छ।

२ सिंगापुरको चाङ्गी एयरपोर्ट ९५.२० अंकको साथ दोस्रो स्थानमा छ।

३ कतारको हमाद एयरपोर्ट ९४.३४ अंकका साथ तेस्रो स्थानमा छ।

४ अबु धाबीको जायेद एयरपोर्ट ८९.४८ अंकको साथ चौथो स्थानमा छ।

५ दुबई अन्तर्राष्ट्रिय विमानस्थल ८८८.३८ अंकको साथ पाँचौं स्थानमा छ।

६ हङकङ अन्तर्राष्ट्रिय विमानस्थल ८६.२२ अंकको साथ छैटौं स्थानमा छ।

७ हेलसिंकी९भान्ता एयरपोर्ट, फिनल्याण्ड ८६.१८ अंकको साथ सातौं स्थानमा छ।

८ टोकियोको हानेडा एयरपोर्ट, टोकियो ८४.४७ अंकको साथ आठौं स्थानमा छ।
९ मुम्बईको छत्रपति शिवाजी महाराज एयरपोर्ट ८४.२३ स्कोरको साथ नवौं स्थानमा छ।

१० दक्षिण कोरियाको इन्चोन एयरपोर्ट ८३.६७ अंकको साथ दशौं स्थानमा छ।

प्रकाशित मिति : १४ श्रावण २०८२, मंगलबार  ८ : २६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित