म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा बान्टमवेट च्याम्पियन बन्न सफल भएका रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख प्रोत्साहन पुरस्कार दिने भएको छ।
प्रधानमन्त्री केपी ओलीले समाजिक सञ्जालमा उनलाई बधाइ दिदै भरखरै बसेको मन्त्रिपरिषदको बैठकले प्रोत्साहन स्वरुप ५ लाख रुपैयाँ दिने निर्णय गरेको बताएका छन् ।
यस्तै गरि उनका प्रशिक्षकलाई पनि सरकारले २ लाख रुपैयाँ दिने पनि निर्णय भएको बताइएको छ । रवीन्द्र ढाँट भारतीय खेलाडीलाई पराजित गरेर च्याम्पियनसिप बनेपछि संसार भर चर्चामा छन् ।
शुरूमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानको नाममा अपमान गरेको भन्दै गुनासो गरेका थिए। मंगलबार काठमाडौ महानगरका मेयर बालेन्द्र साहले सम्मानसहित दुई लाख पुरस्कार दिएका थिए ।
प्रधानमन्त्रीले उनलाई बधाइ मात्रै दिएको थिए । तर, चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री ओलीले बुधबार सामाजिक सञ्जालमार्फत पाँच लाख प्रोत्साहन पुरस्कार दिने निर्णय भएको सार्वजनिक गरेका हुन्।








