२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

बाढी,पहिराे र डुबानमा परी मृत्यु हुनेकाे संख्या दुई सय १७ पुग्यो,२८ जना अझै बेपत्ता !


१५ आश्विन २०८१, मंगलबार  



गएकाे शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण बाढी,पहिरो र डुबानमा परी हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ, भने २८ जना अझै बेपत्ता भएका छन् ।

प्राकृतिक विपद्मा परी एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए ।

बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : २७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित