३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

प्रधानमन्त्री ओली भन्छन्, ‘कोही युवा आए पद छोड्न तयार छु’


३ भाद्र २०८२, मंगलबार  


प्रधामन्त्री ओलीको भनपद छोड्ने आप्रधानमन्त्री केपी ओलीले कुनै पनि युवा तयार नभएकोले आफूले प्रधानमन्त्री पद नछोडेको बताएका छन् । मंगलबार नाडा अटो शो–२०२५ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

अहिले युवाहरूको समय हो । कतिले भन्लान् खै युवालाई छोडेको, म त छोड्न तयार छु तर कुनै युवा नै तयार छैनन्,ु ओलीले भने । अहिले असन्तुष्टि हुनका लागि कुनै ठाउँ नरहेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ । ‘असन्तुष्टि हुने ठाउँ छैन, कसम खाएर नै असन्तुष्टि हुन्छ भने के भन्नु छ र, हाम्रो नीतिहरू स्थिर छ, उनले भने ।

मौद्रिक नीतिलगायत सरकारले आफ्ना नीतिगत व्यवस्थामा अपनाइएको तरिकाले सबै क्षेत्रलाई पुग्ने किसिमको रहेको उनले बताए ।

सरकारले पूर्वाधार बनाउनु पर्ने भन्दै हुलाकी राजमार्ग डबल लेनमा विकास गरिररहेको उनले सुनाए । स्कुल पढ्ने विद्यार्थीले आफैं बाइक बनाएर कुद्ने गरेको ओलीको भनाइ छ ।

आजको रोबोटिक क्रियाकलापपछि प्रारम्भिक लाग्ने भन्दै भविष्यमा धेरै अघि बढ्ने उनले बताए ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  २ : २८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित