प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको नियुक्ति बुझेका छन् ।
केही दिन अघि प्रधानमन्त्री बालेन शाहले नेपाल प्रहरीको प्रमुख पदबाट हटाएर उनलाई प्रधानमन्त्रीको विशेष सल्लाहकारको जिम्मेवारी दिएका थिए । तर, उनी सरकार विरुद्ध सर्वाेच्च अदालत गएका थिए । पुनः प्रहरीको नेतृत्वमा फर्किने आशासहित सर्वाेच्चमा गएका दानबहादुर कार्कीलाई सरकारको सल्लाकार नियुक्तिको पत्र बुझेको बताइएको छ ।
सरकारले उनलाई पत्र थमाएपछि पत्र बुझेको बताइएको छ । सरकारले यही १८ कात्तिकमा गृह मन्त्रालयका एक कर्मचारी मार्फत आईजीपी कार्कीको घरमै पुगेर पत्र थमाएका थिए । उनले प्रधानमन्त्रीको सल्लाकारको पत्र शुरुमा बुझ्न मानेका थिएनन्, पछि गृहमन्त्रालयले घरमै गएर पत्र बुझाएपछि उनले बुझेको बताइएको छ।
यही कार्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई आईजीपी पदबाट हटाउँदै प्रधानमन्त्रीको विशेष सल्लाहकार बनाएको थियो । एआईजी डा. मनोजकुमार केसीलाई नेपाल प्रहरी महानिरीक्षक बनाएको थियो ।
दानबहादुर कार्कीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्षको समेत व्यवस्था गरिएको छ ।तर कार्की भने सरकारको यो निर्णयविरुद्ध सर्वोच्च अदालत गएका छन् ।
आईजीपीमा पुनर्वहालीको माग गर्दैै कार्कीले दायर गरेको रिट कार्तिक ३० गते सोमबारलाई पेशी तोकिएको थियो । तर, सोमबार सार्वजनिक बिदा भएकाले उनको पेशी भोलि सुनुवाइ नहुने पक्का भएको छ ।








