२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

गृह मन्त्रालय की, तस्करको चौतारो ?


१२ जेष्ठ २०८२, आइतबार  



पछिल्लो समय भिजिट भिसाका नाममा फेरि गृह प्रशासन बदनाम छ।

गृह नेतृत्वको कै प्रत्यक्ष र अप्रत्यक्षमा संलग्नतामा भिजिट भिसाका नाममा मानव तस्करी भएको सहजै बुझ्न सकिन्छ ।

भिजिट भिसाका नाममा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले चलाएको धन्दासंग मिल्दोजुल्दो छ। जुन कुरालाई रास्वपा सांसद तथा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले पनि भिजिट भिसाका नाममा मानव तस्करी भएको बताइएकी छिन्। उनले सामाजिक सञ्जा लमा लेखेकी छिन्। यो भिजिट भिसाको कुरा मात्रै होईन, गम्भीर प्रकृतिको मानव तस्करी हो।

जुन कुरा अख्तियारबाट नियन्त्रणमा लिइएको गृह सहसचिव तीर्थराज भट्टराईको प्रारम्भिक बयानले पनि पुष्टि गरेको छ। उनले दिएका बयान अनुसार गृहमन्त्री रमेश लेखकको सचिवालयमा दैनिक ५० लाख बुझाएको पाइएको छ।

यता,गृहमन्त्री लेखकले भने सार्वजनिक भएको खबर भ्रामक र कपोकल्पित भएको भन्दै शनिबार एक विज्ञप्तिको टालोले छोप्ने कोशिस गरे।उनले विज्ञप्तिले मानव तस्करीलाई छोप्न खोजेपनि त्यो अब कसैलाई पत्याउन्नन् भन्दै सञ्जालमा आक्रोशको ओइरो छ।

यति मात्रै होईन, गृहमन्त्री लेखककै पार्टीका जिम्मेवार नेता डाक्टर शेखर कोइरालाले प्रश्न उठेकोले राजिनामा दिन सुझाएका छन् ।

मानव तस्करीको प्रसंग बाहिरीएको करिब एक साता भैसक्दा पनि लेखको पार्टी मौन छ।पार्टी सभापति देउवाले मुख टालेका छन् । वेटिङ प्रधानमन्त्रीको रूपमा रहेका उनी गठबन्धन टिकाउने र बालुवाटार फर्किने दाउँमा छन् ।


यसै माहोलमा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएकोले बेला पनि भिजिट भिसाका नाममा मानव तस्करी भएको एक जना पूर्व प्रहरी अधिकृत विष्णु पन्थीले खुलासा गरिदिएका छन् । सफल गृहमन्त्रीको वाही वाही पाएका श्रेष्ठ पनि यश धन्दाको लहरोमा जोडिएको देखिन्छ ।पूर्व गृहमन्त्री रवि लामिछाने मानव तस्करीमा मुछिएको अहिलेसम्म नपाइएपनि राष्ट्रिय परिचय पत्रको टेण्डरमा उनी विवादमा तानिए। उनी पछिका गृहमन्त्री श्रेष्ठले यसलाई स्थगित गरेका थिए ।

लामिछाने र श्रेष्ठ भन्दा पहिलेका गृहमन्त्री बालकृष्ण खाँण हुन् ।जसले गृह अड्डाबाट मानव तस्करी गरे। बाहलवाला सचिव टेकनारायण पाण्डे सहित यो मुद्दामा तानिए। भलै सत्ता र शक्तिको टेकोमा उनी ३० लाख धरौटी तिरेर २०८० पुसमा ९ महिनापछि रिहा भए ।

त्यस अघिका अधिकांश गृहमन्त्री विवादास्पद छन् । खुमबहादुर खड्का ,कृष्ण सिटौला,विजय गच्छदार लगायतका नेताहरू पनि गृृह प्रशासनकै आडमा अवैध धन्दा चलाएका थिए।


गृहमन्त्रीका लागि हानथाप हुने गर्छ।जहाँ तस्करसंग मिलेर करोडौ कमाउन सकिन्छ ।त्यसैको निरन्तर श्रृङखला हो, पछिल्लो समयको भिजिट भिसा काण्ड पनि। जुन काण्ड पनि नक्कली भुटानी शरणार्थी प्रकरण प्रकृतिको छ। गृह प्रशासनको बागडोर सम्हाले लेखकले पनि तस्करलाई खुला चौतारोको रूपमा गृहको अड्डा चलाउन दिएको देखिन्छ ।

यति प्रकृतिको प्रश्न उनीमाथि उठेपनि उनी पदमुक्त हुने देखिन्न। बरू विज्ञप्तिले टालाले लाज छोप्ने कोशिस गरिरहेका छन् ।यस्ता गम्भीर अपराध गृह अड्डामा हुनुले नेपालको अन्तर्राष्ट्रिय छवि धुमिल हुने परराष्ट्र जानकार बताउँछन् ।अध्यागमन जस्तो संवेदनशील अड्डा मानव बेचबिखनले नेपाल फेरि अन्तर्राष्ट्रिय लज्जाको विषय बनेको छ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आइतबार  ७ : ३१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित