३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

सुशीला म्याडम फायर ! बालेन विरुद्ध आक्रोश ! आफन्त पीर की, पद्धतिको ?


२७ बैशाख २०८३, आइतबार  


जेनजी विद्रोहपछिको जटिल अवस्थामा मुलुक सम्हालेकी थिईन्,पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले । न्यायालयको इतिहासमा पहिलो प्रधानन्यायाधीश भएर इतिहास बनाएकी उनले पहिलो महिला प्रधानमन्त्री भएर अर्काे इतिहास मात्रै रचिनन् ,गणतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्दै मुलुकलाई मुल बाटोमा ल्याइन् । उनका हजारौ कमजोरी थिए होलान् र छन् पनि । कमजोरी नभएको मानिस लगभ हुदैन नै । प्रमुख दलका नेता ओली प्रचण्ड र देउवाले जनविश्वास गुमाएर जनताले विद्रोह गरेको बेलमा उनी नेतृत्व सम्हाल्न हिम्मत गरिन् । उनको हिम्मत र साहास पक्कै पनि चानचुने थिएन ।


वर्तमान मात्रै होइन, भावि पुस्ताले पनि उनको योगदानलाई स्मरण अवस्य गर्नेछ । मुलुक संगीन अवस्थामा गुज्रिएको बेलामा पनि देश सम्हालेर लयमा फर्काएकोले अधिकांश नेपालीले देशकै आमा भनेर मुक्तकण्ठले उनको खुबै प्रशंसा गरे र अहिले पनि गरिरहन्छन् । उनका विरोधीले समेत उनले देश सम्हालेको विषयमा तारिफ गरे । यो उनको न्यायिक तथा राजनीतिक जीवनमा हासिल गरिएको अत्यन्तै बहुमूल्य सामाजिक पूँजी हो । यति ठूलो सामाजिक पूँजीको इतिहास बनाएकी उनै सुशीलाका असुशील अभिव्यक्तिको विस्फोटले उनका फ्यानहरुलाई समेत अचम्मितत बनाएको छ ।


प्रधानन्यायाधीश सिफारिसमा संवैधानिक परिषद्ले गरेको सिफारिसपछि उनको कन्पारो तातिएको जस्तो देखिन्छ । अध्यादेशबाट सार्वजनिक पद खारेजी जस्ता मुद्दामा सरकार अघि बढ्यो । न्यायालयको परम्परागत र रोलक्रमबाट प्रधानन्यायाधीश बन्ने सुनियोजित योजनाका लिस्नो भत्काइदियो बालेन सरकारले । विगतमा निकै तारिफ गरेकी थिईन्, बालेनलाई । उनका सार्वजनिक अभिव्यक्तिमा बालेनले देश बनाउँछ भन्थिन् । तर, पछिल्लो समय प्रधानन्यायाधीश नियुक्तिमा उनी एक सय ८० डिग्रीले युटर्न भईन् ।


सरकारले न्याय, विधि र वरीयताको परम्परा भत्कायो । यसै विषयमा उनको आवाज निकै चर्काे छ। तर, प्रश्न के हो भने उनको यो आक्रोश साँच्चै विधिको शासनका लागि हो या आफ्ना मान्छेहरूको पद गुमेको पीडाको विस्फोट हो ? त्यो विषयको जवाफ उनैले देउन् । तर, मुलुककै आमाको ब्राण्ड बनेकी सुशीलाका असुशील अव्यक्तिले भने उनकै शुभचिन्तकलाई सोँचमग्न पक्कै बनाएको छ । एक जना एकजना युट्युबरले आमा दर्शन भन्दा, उनले अब मलाई दर्शन आमा भन्ने होइन अहिलेका प्रधानमन्त्रीको श्रीमतीलाई आमा भन्नु भनेर कठोर जवाफ फर्काईन् । युट्युबरसंग उनले दिएको अभिव्यक्ति आक्रोशपूर्ण छ । बालेनको श्रीमतीलाई आमा भन्नु भन्ने उनको अभिव्यक्तिले उनमा आक्रोश र भडासको अभिव्यक्ति मात्रै होइन, आफ्नै मर्यादा र मान्यताको पनि धुलिसात गरेको देखिन्छ ।


एउटा सुन्दर र जिम्मेवारपूर्ण इतिहास रचेको व्यक्तित्वले आफू भन्दा नातिनी सरहकी बालेन पत्नीलाई आमा भन्नु भन्ने अभिव्यक्ति आफैमा दूराशययुक्त छ । यसबाट के बुझिन्छ, भने अध्यादेशबाट आफ्ना मान्छे फालिए। त्यसपछि उनमा त्यो क्रोध जन्मियो । जब आफ्ना नजिकका मान्छेलाई पद बाँडिँदा योग्यता देखिन्थ्यो, तब प्रणाली ठिक थियो। तर,आज उनीद्वारा नियुक्ति ती मानिसहरुको पदहरू खारेज हुँदा अचानक लोकतन्त्र, संविधान र विधिको शासन संकटमा पर्न थालेको तर्क आउन थाल्यो । यहीँबाट राम्रोसंग थाहा हुन्छ की,पुरानो राजनीतिक संस्कारको असली अनुहार यही हो । सत्ता आफ्नो हातमा हुँदा राज्यलाई निजी सम्पत्ति जस्तो ठान्ने अनि त्यो परम्परागत गलत प्रथाको अन्त्य गर्दा आक्रोश व्यक्त गर्नुले कथनी र करणीबीच असंगत देखिएन र पूर्व प्रधानमन्त्री सूशीला म्याडम ? ।

नेपाली जनताले अहिले देखिरहेको वास्तविक दृश्य यही हो। जहाँ वर्षौंसम्म पहुँच, शक्ति र सम्बन्धका आधारमा राज्यका पद बाँड्नेहरूले अहिले वरीयता मिचियो भन्दै कोकोहोलो मच्चाइरहेका छन् । तर, सत्य योहकी जनताले सधैं सोधिरहेको प्रश्न उही छ । त्यतिबेला नियम कहाँ थियो ? जतिबेला आफ्नै वरिपरिका मानिसहरूलाई अवसरको भारी बोकाइँदै थियो, त्यत्तिबेला विधि र थिति थियो त ? प्रधानन्यायाधीश र प्रधानमन्त्री जस्तो दुर्ब पदमा बसेर नेतृत्व गरेको व्यक्तिको यो रिसयुक्त अभिव्यक्ति भने कुनै सिद्धान्त, विचारको लडाइँ अवस्य होइन । यो त आफ्नो प्रभाव कमजोर हुँदै गएपछि पीडाको अभिव्यक्ति मात्रै हो ।आरिसपूर्ण यो अभिव्यक्तिले संकेत गर्दछकी, सत्ता, सुविधा र पहुँच गुम्दा धेरै बाधा भएको हो । जुन कुरा पछिल्लो समय प्रकट भएको मात्रै हो । ००००

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  १ : ३२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित