घाेराही बैंकर्स क्लबकाे अध्यक्षमा ग्लाेबल आइएमई बैक घाेराही लखनपार्क शाखाका प्रबन्धक उमङ्ग अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । घाेराहीमा कार्यरत बैंक तथा वित्तीय संस्थाहरूकाे प्रतिनिधिहरूकाे आज घाेराहीमा सम्पन्न साधारणसभाले अधिकारीलाई क्लबकाे अध्यक्ष पदमा सर्वसम्मत गरेको हाे।
घाेराेहीमा रहेका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि रहने सदस्यहरूकाे साधारण सभाबाट अधिकारीअध्यक्ष पदमा चयन भएका हुन्।अधिकारी बैंकिङ क्षेत्रमा स्थापित प्रबन्धककाे रूपमा पनि परिचित छन् ।
यसैगरी साधारणसभाबाट घाेराही स्थित कुमारी बैंकका शाखा प्रबन्धक कमल रेग्मीलाई उपाध्यक्ष,साईन रेसुङ्गा डेभलपमेन्ट बैंकका शाखा प्रबन्धक गणेश बुढाथोकी सचिव पदमा र लुम्बिनी बैंकक शाखा प्रबन्धक युवराज भण्डारीलाई काेषाध्यक्ष पदमा चयन गरिएकाे हाे।
७ सदस्यीय रहने क्लबका निवर्तमान अध्यक्ष केशब तिवारीकाे अध्यक्षतामा सम्पन्न साधारणसभामा क्लबकाे आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको थियोे भने,कार्यक्रममा मायाकाे चिनाे समेत प्रदान गरिएको थियोे ।
घाेराहीमा २९ वटा निजी बैंक तथा वित्तीय संस्थाहरू क्रियाशील छन् ।पेसागत हकहितका लागि गठित यश क्लब स्थानीय सरकार, गैरसरकारी संस्था लगायतका निकायसंग मिलेर विभित्र सामाजिक कार्य गर्दै आएकाे छ।