गएको केही दिन यता राजावादी समूह सक्रिय भएसंगै मुख्य दल एकै ठाउँमा उभिएका छन् ।सरकारको कार्यशैलीले जनतामा असन्तुष्टि बढेको माहोलको मौकामा ज्ञानेन्द्र शाहलाई नारायणहिटी फर्काउने तयारी छ।
चार तिर फर्किएका यी समूहहरू युट्युबर बोकेर गणतन्त्र ढाल्न हिडेका छन् । पूर्व पञ्चदेखि विवादास्पद पात्रहरू सडकमा देखिएका छन् । पञ्चायतखकालमा राज्य शक्तिको चरम दुरुपयोग गरेर अकुत सम्पत्ति जोडेकाहरूको अगुवाइमा यस्तो आन्दोलन भईहेको छ।
सडकमा अराजकता बढ्दै गएपछि सरकारपनि आक्रमक बन्ने संकेत देखिएको छ। संविधान ,कानुन र विधि विपरीत हुने यस्ता क्रियाकलापलाई नहेरी एक्सनमा जाने देखिएको हो।
पछिल्लो समय बढेको सडक र सञ्जाल अराजकता बढेपछि सोमबार ओ ली ,देउवा र प्रचण्डबीच भेटवार्ता हुने भएको छ।
छलफलमा राजावादीहरुको अराजक क्रियाकलापदेखि टीआरसीसम्मका एजेन्डा रहेको एक नेताले बताएका छन् ।उनका अनुसारप्रधानमन्त्रीसमेत रहेका नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता तय भएको हो।
नेतात्रयबीच सोमबार दिउँसोका लागि भेटवार्ता तय भएको हो । जनतासँग माओवादी, तराई–मधेश जागरण अभियानअन्तर्गत केही समयदेखि उपत्यका बाहिर रहेका प्रचण्ड आईतबार काठमाडौं आएका छन् ।
तीन शीर्ष नेताहरुको छलफलमा राष्ट्रिय सहमतिको सरकार बनाउनेबारे पनि छलफल हुनसक्ने सम्भावना रहेको छ । राजावादीहरुको पछिल्लो गतिविधिले गणतन्त्रवादी शक्तिहरुलाई एक ठाउँमा आउने माहोल खडा गरिदिएको छ ।
सरकारको उदारताका कारण ज्ञानेन्द्र शाहका समर्थकहरूको सडक अराजकता बढ्दै गएको हो। सरकारका अलोकपृृय निर्णयले राजावादी बल पुगेको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन् ।
गणतन्त्रको सुदृढीकरणप्रति प्रतिवद्ध रहेको भन्दै कांग्रेसले आ इतबार केन्द्रीय कार्य सम्पादन समितिले निर्णय गरिसकेको छ। एमाले र माओवादी यश अघि प्रतिगामी शक्ति विरू्द्ध सडकमा जाने कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।