१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

राजतन्त्रको महाभुत र गणतन्त्रका सिल्ली शासक


२२ चैत्र २०८१, शनिबार  


अहिलेका गणतन्त्रिक नेतृत्व परिवर्तनको लागि संघर्ष,दुःख,जेलनेल ,यातना,बलिदान र सर्वश्वहरण आदि ईत्यादी झेलेका पात्र हुन्। यीनीहरूले हाम्रो समाजको वास्तविक अवस्था राम्रोसँग बुझेका छन् र जानेका छन् ।

समाजका विविध समस्याहरूलाई जनतासंगै बसेर राम्रोसँग अनुभव गरेका नेताहरूले सत्तामा उक्लिएपछि विर्सिए झै गरिरहेका छन् ।यही हो,अहिलेको प्रधान समस्या । सडकमा देखिएको आक्रोश र असन्तुष्टिको जड यही हो। जनताको मुद्दा बोकेर सत्तामा पुगेको नेता सत्तामुखी भए।

माफिया र विचौलियाको अभिभावक भए। राज्य सत्तालाई आफूले ससुरालीबाट ल्याएको दाईजो झै सम्झिएका छन्। जनताले राजकीय अधिकार आफ्नो सार्वभौम मतबाट दिए।त्यही मतको तागतमा उनीहरू सत्तामा पुगेका हुन । तर, आफूलाई सत्ताको अजम्बरी भए झै जे जसरी ठाने र ठानिरहेका छन् ।यही कारण हो,पछिल्लो समय रैतीतन्त्रले चिहानबाट टाउको उठाएको पनि ।

नागार्जुनमा थन्काईएको त्यसको अस्तु बौरिन खोजेको छ ।गणतन्त्रका शासकहरूको यस्तै यस्तै कुकर्म रहे त्यो राजतन्त्रको महाभुत फर्कन पनि सक्छ।फर्किए गणतन्त्रका शासकहरूलाई सबैभन्दा पहिले निल्न पनि सक्छ ।
उसका नन्दी भ्रिङ्गीले चैत १५ मा जे जति विध्वंस गरे,त्यो त एउटा ट्रेलर जस्तै मात्र हो। यदि जनतामा चुलिएको निराशा र असन्तुष्टिलाई बेलैमा चिर्न सकिएन भने देशभर फैलिएको असन्तुष्टिले डढाउन सक्छ । तर, शासकहरू चीर निद्रामा छन् । महागल्ती र महाभूललाई महावाणी ठानिरहेका छन् ।त्यसलाई सच्याउन भन्दा पचाउन खोजिरहेका छन् ।


व्यापारी ज्ञानेन्द्र शाह र उनका भुत प्रेत नन्दी भ्रिङ्गलीले तीनकुनेमा देखाएको ताण्डवले शासकहरू व्युउझिएको जस्तो देखिएको थियोे । अब त यीनीहरूको चेत खुल्यो कि भन्ने धेरैले लख काटेका थिए। तर,,यति दिन भैसक्दा पनि सुधारका पहलहरू खासै देखिन्नन् ।उल्टै सुशासनको पाठ दोहोरिरहेको छन् ।निरो झै मस्त छन् हाम्रा शासक।पछुतो र हिनतावोध पटक्कै देखिन्न ।

जनताले करिब १७ वर्षको यश अवधिको विषयमा गम्भीर समीक्षा होला र ठोस प्रतिवद्धता अनुसार सरकारले गति पकड्ला भन्ने गरे र गरिरहेका छन् ।यीनीहरूमा सुवुद्धि अझै आउन सकेन। बरू, शासकीय बेधर्म निरन्तर उस्तै छ। कुलमान खेदेर नथाकेको सरकारले फेरि विवादास्पद कर्मचारीलाई काठमाडौ महानगर बल प्रयोग गरेर भित्र्याएको छ। गणतन्त्रको एक आश लाग्दो मेयर बालेनसंग सिङ्गौरी खेलिरहेको छ, सरकार । एउटा मामुली मेयर विरू्द्ध सिंगो सरकार र एमाले नामको दल लागेको छ।


सरकारको ध्यान नताको आवाज सुन्न तिर हुनुपर्ने भ्रष्टाचार र बेथितिका जरा उखेल्नतिर लाग्नु पर्ने । यसैका कारण जनतामा व्यापक सन्तुष्टि बढेको
प्रति गम्भीर हुनुपर्ने। सत्ताको रिङमा फन्को मारिरहेका उनै पात्र र तिनको शासकीय चरित्र उस्तै छ।जनतामा निराशा र आक्रोशको ज्वाला दन्किएको हो।यति मात्रै होईन, नेपाली समाजले दस दस वर्षमा परिवर्तन खोजिरहेको छ। तर,उनै देउवा , ओली र प्रचण्ड घरीघरी दोहोरिएका छन् र उनीहरूको शासकीय अक्षमताबाट जनता विरक्तिएको छ। घरले जा जा र वनले आ ईजा आ इजा भन्ने बेलासम्म पनि सत्ताको कुर्सीमा टाँसिनुले जनता चिढिएको हो।

एकातिर मक्किएको नेताहरूको सत्तामा निरन्तरता ,अर्कोतिर शासकीय र निर्वाचन प्रणालीमा रहेका त्रुटीका कारण जनअपेक्षा अनुसार डेलिभर हुन सकेको छैन। भ्रष्ट कर्मचारी संयन्त्र र पद लोभी नेतृत्वको कारण मुलुकमा असन्तुष्टिको कुहिरो लागेको हो। लायकी भन्दा नालायीक काम गर्ने, गर्नु पर्ने भन्दा गर्नै नहुने काम गरेर जनता चिढाउने र देश डुबाउने भइरहेको छ।

भ्रष्टलाई च्याप्ने र इमानदारलाई लखेट्ने प्रवृत्तिबाट सबै वाक्क दिक्क छन् । जनताको प्रश्नमा जवाफ होईन, हत्कडी लगाउने निरंकुश शैली र तौरतरिका छ। यस्तो ज्यादती र अत्याचारका डरलाग्दा घटना र प्रवृत्ति छन् । यी सबै खाले बेथिति अन्त भएको जनता हेर्न र अनुभुति गर्न चाहान्छन्।

जनता हिजो अवस्थामा छैनन् । हरेक शासकहरूको एक एक हिसाब राख्न र देखाउन सक्छन् । नेतृत्वको सत्कर्म र बेधर्मको फैसला गर्ने क्षमता र तागत जनताको छ, लोकतान्त्रिक व्यवस्थामा । नेताको चाला त यस्तो छ भने २०६१ माघ १९ मा सैनिक कु गरेको एक नामूद विवादित व्यापारी ज्ञानेन्द्र शाह खोपीको राजा भए पछि देश समृद्ध र सबल बन्छ भन्ने भ्रम पूर्व पञ्च र तिनकै जुठोपुरो खादै आएका एक थरी रैतीहरूको समूहको छ ।

गणतन्त्रमा शासकहरूले गरेका केही खराबीलाई उछालेर रैती व्यवस्था ल्याउने सपना देखिरहेका छन् । यो मानव सभ्यताको सबैभन्दा तल्लो र स्तरहिन सोच र गए गुज्रेको मुद्दा हो। गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हो। लोकतन्त्रमा खराब शासक पाँच वर्षमा जनताले मतबाट मिल्काउन सक्छन् । तर,मध्ययुगीन रैती तन्त्रमा त्यो कल्पना गर्न सकिदैन ।

यत्ति पनि राजनीतिक चेतना नभएका ती दासहरू हुन्। जो अझै मानव बन्न सकेको देखिएन। भने गणतन्त्रका अगुवाहरू पनि उस्तै छन् ।जनताले यीनको विकल्प खोजेको छ। व्यवस्थाको होईन।

प्रकाशित मिति : २२ चैत्र २०८१, शनिबार  ६ : ३५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित