३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

गुप्तबासबाटै पार्टी चलाउँदै ओली !


१ आश्विन २०८२, बुधबार  


ओलीको त्यस्ता हठी बादशाह हुन्। जसले आफूलाई दुनियाँकै सर्वज्ञानी, ध्यानी र जवानी ठान्छन् । एमालेलाई निजी पेवा मान्छन् । एमाले विनाको देश रित्तो भन्दै आकाछन् । एमाले र ओली एक सिकाको दुई पाटाको संज्ञा दिन्छन् । अहंकारकै कारण सत्ताबाट लखेटिन्छन् । डरकै कारण उनी यतिबेला गुप्तबासमा छन् ।

तर, गुप्तबासबाटै पार्टी कब्जा गरिराछन् । एमालेभित्र ठूलो पंक्ति ओलीलाई स सम्मान विदाइ गर्न चाहन्छ । तर, उनी आर्यघाट पुग्नेबेलासम्म पनि पार्टीको अध्यक्षमै टाँसिन चाहान्छन् । १९ जना युवाको कत्लेआम गरेको दोषको भारी उनीमाथि छ । ओली हठले ७२ जनाको ज्यान गयो । साढे चार सय बढी घाइते भए । सयौ सरकारी तथा निजी भवन खाक भए । देशमा लुटपाट डकैटी र असुरक्षा बढ्यो । विदेशी शक्ति केन्द्रको चलखेल छचलकियो । देशले अकल्पनीय ठूलो क्षति बेहो¥यो । तर, देशलाई भुंग्रोमा धकेलेका ओलीमा रत्तिभर कुनै नैतिक डर र भय देखिन्न ।


बरु,अझै पनि एमालको अध्यक्ष पदमा जुको झै टाँसिएका छन् दशौ महाधिवेशनबाट जबरजस्ती अध्यक्षमा स्वीकृत भएका थिए ओली । आफ्ना वफादार नेताहरुकै आड भरोसामा उनले एमाले कब्जा गरेका हुन् । आफूलाई शक्तिशाली अध्यक्ष बनाएर सरकारको नेतृत्व गएको करिब डेढ वर्षदेखि गर्दै आएका थिए । काम भन्दा बदनाम कमाएका उनकै कारण देशले क्षति बाहेक केही उपलब्धि पाएन । अति भएपछि खति हुन्छ भने झै उनको अतिवादकै कारण देश दश वर्ष पछि ढकेलियो । तैपनि उनी अझै पदमै छन् । देशमा मच्चिएको विध्वसंको जिम्मेवारी लिएर पदमुक्त हुनु भन्दा आफ्ना वफादार नेता कार्यकर्तालाई आदेश र फर्मान दिइरहेका छन्, गुप्तबासबाट ।


ओलीका सबै भन्दा विश्वासपात्र मानिएका शंकर पोखरेलले ओलीको सन्देश नेता तथा कार्यकर्र्ता पंक्तिमा प्रवाह गरिरहेका छन् । गएको मंगलबार उनले नेतृत्वको आलोचना नगर्न भन्दै उर्दी जारी गरेका थिए । ओलीले आफ्ना विश्वास पात्रहरुसंग मात्रै संवाद गरिरहेको पाइएको छ। केही दिन अघि एमालेसहितका दलहरुले प्रतिनिधि सभा विघटन असंवैधानिक कदम भनेका थिए । त्यो विज्ञप्तीको खाका पनि उनै महासचिव शंकर पोखरेलकै अगुवामा भएको थियो । प्रमुख सचेतक महेश बर्ताैलाले हस्ताक्षर गरेपनि त्यसको रचनाकार शंकर पोखरेल नै थिए ।

ओलीको आदेश अनुसार शंकरले विज्ञप्ती ड्राफ्ट गरेका थिए । ओली इतरका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसहितका नेताहरुले ओली विना नै पार्टीको बैठक राख्न आह्वान गरेका थिए । तर, ओलीले आफू विनाको बैठक नराख्न आदेश दिए । जबकी प्रधानमन्त्री पदमा कार्यरत रहेको बेलामा यस अघि विदेश भ्रमण जाँदा ओलीले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरलेलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका थिए । तर, पछिल्लो राजनीतिक घटनाक्रमपछि उनले कसैलाई कार्यबाहकको समेत जिम्मेवारी दिएका छैनन् र दिन चाहन्नन् पनि ।

एमालेभित्र ओलीलाई देउता मान्ने ठूलो तप्का छ । ओली अहिले गुप्तबास बस्नु परेको पनि यही ओली भक्तहरुकै कारण हो । ओलीलाई गलत सल्लाह दिनेहरुकै कारण एमाले यतिबेला सर्वथा बदनाम छ। तर, उनै बदनामीहरु मध्येका काँध थाप्ने नेता हुन्, महेश बस्नेत । उनै ओलीका परम विश्वास पात्र महेश बस्नेतले केपी ओली राष्ट्रकै बा भन्दै तारिफ गरिरहेका छन् ।

एक महिलाले उनी विरुद्ध भ्रुण हत्यादेखि बलात्कार मुद्दा दायर गरेकी थिईन।उनै ओलीका कारण महेश बस्नेत विरुद्ध मुद्दा अघि बढेको थिएन । ओली आफैमा पनि आफ्ना नजिकका नेता कार्यकर्तालाई संरक्षण गर्ने नेता हुन् । निवर्तमान भूमि मन्त्री बलराम अधिकारी ३२ लाख घुसकाण्डमा मुछिएपनि उनले पदबाट हटाएनन्।

जबकी राजकुमार गुप्ताले आरोप लागेको तीन दिनमै मन्त्री पदबाट राजिनामा दिएका थिए । तर, जेनजी आन्दोलनले ओली सरकारबाट लखेटिए भने अन्य मन्त्रीहरुको पनि विचल्ली भो । कतिपय ओली सरकारका मन्त्रीहरुको घरमा आगजनी तोडफोड र लुटपाट भयो । एमालेका नेताहरु विष्णु पौडेल, महेश बस्नेत लगायतका नेताहरुको पनि तोडफोड भएको हो ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ४ : ३६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित