११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

पूर्व अर्थमन्त्री विष्णु पौडेललाई २० दिन थुनामा राखेर अनुसन्धान गर्न माग


९ असार २०८३, मंगलबार  


सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई २० दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले माग गरेको छ।

बिशेष अदालतमा उपस्थित गराएर विभागले थुनामा राख्न म्याद मागेको हो।पौडेलको तर्फबाट कानून व्यवसायीले बहस गरिरहेका छन्।

बिचौलिया दीपक भट्टसँग करोडौंको संदीग्ध कारोबार देखिएपछि विभागले सोमबार उनलाई सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याएको हो।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ५ : ३६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित