ज्ञानेन्द्र शाहको योजनामा शुक्रबार सडक फोहोर
र तोडफोड गरेको भन्दै काठमाडौका मेयर बालेन साहले जरिवाना तिर्न पत्राचार गरेका छन् ।
फोहोरमैला र नगरको भौतिक सम्पत्तिको तोडफोड गरेको भन्दै ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले जरिवाना तोकेको हो।
महानगरका नगरप्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले फोहोरमैला र वातावरण प्रदूषणका विषयमा एक लाख रुपैयाँ जरिवाना गरिएको पत्र निर्मलनिवास पठाएका छन् । यस्तै, तोडफोडलगायत विषयमा पनि ज्ञानेन्द्र शाहलाई जरिवानासम्बन्धी छुट्टाछुट्टै पत्र पठाइएको छ ।
त्यस्ता आठ पत्रमार्फत महानगरले पूर्वराजा शाहलाई कुल सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।
शुक्रबार ९चैत १५० तीनकुनेमा प्रदर्शनका क्रममा राजावादीले तोडफोड र आगजनी गरेका थिए । राजावादी हिंसात्मक प्रदर्शनमा उत्रिएका थिए ।
यश अघि राप्रपाले पनि जरिवाना तिरेको थियोे भने एमालेले अटेरी गर्दै आएको छ।








