३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

एमाले नेता ऐन महर पक्राउ, म्याद थपका लागि अदालत पुराइयो


११ भाद्र २०८२, बुधबार  



सत्ताधारी एमालेका नेता ऐन महरलाई नेपाल प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको छ।

बझाङकी एक महिलाले हुलाकबाट पठाएको जाहेरी आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी विरुद्ध जाहेरी दर्ता गरेपछि साइबर ब्यूरोले जिल्ला अदालत काठमाडौँ मार्फत् गएको साउन ९ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

महर विरुद्ध पक्राउ पुर्जी जारी भएपछि बुधबार भोटाहिटीस्थित साइबर ब्युरोमा उनी उपस्थित भएका थिए । महरलाई त्यहीँबाट नियन्त्रणमा लिएर अदालत लगिएको प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपकराज अवस्थीले बताएका छन् ।

‘प्रवक्ता अवस्थिका अनुुसार उनीविरुद्ध हुलाकबाट जाहेरी परेको थियो । त्यसपछि साउन ९ मै जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो पुर्जी जारी भएपछि महर साइबर ब्युरोमा उपस्थित भएका थिए र व्यूरोबाटै नियन्त्रणमा लिएर म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

अवस्थीले उनीविरुद्ध मुद्दा चल्ने(नचल्ने निर्क्योल अदालतले दिनेछ । यदि मुद्दा चल्ने गरी आदेश आएमा महरलाई म्याद लिएर अनुसन्धान अघि बढ्ने अवस्थीले बताए ।

महर एमालेको भ्रातृसंगठन अनेरास्ववियुको अध्यक्ष हुँदै एमालेको केन्द्रीय सदस्य भएका थिए । बझाङ निवासी महर २०७९ सालको निर्वाचनमा संघीय सांसदका उमेदवार भएका थिए । त्यसबेला उनी नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता भानुभक्त जोशीसित पराजित भए ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ४ : ३८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित