१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

पूर्व प्रधानमन्त्री माधव नेपाल भन्छन्, ‘सरकार जनताको समस्यामा गम्भीर छैन’


१७ श्रावण २०८३, आइतबार  


पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालले जनताका दैनिक समस्याप्रति राज्य संवेदनशील हुन नसकेको आरोप लगाएका छन् । आइतबार आयोजित तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले गरिबी, बेरोजगारी, मिटरब्याज, सहकारी ठगी र सुकुम्बासीका समस्या समाधानमा सरकार गम्भीर नहुँदा नागरिक आत्महत्या गर्न बाध्य हुनु दुःखद् रहेको र यी सबै समस्या समाधान गर्न वामपन्थी र लोकतन्त्रवादी शक्तिहरू गम्भीर बन्नुपर्नेमा जोड दिए ।

यस्तै उनले राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा अहिले मुलुकको प्रमुख चुनौती बनेको टिप्पणी पनि गरेका छन् । मुलुकको स्वाभिमान जोगाउने र विदेशीको क्रीडाभूमि बन्नबाट कसरी बचाउने प्रमुख चुनौती मुलुकसामु रहेको सहसंयोजक नेपालको भनाइ छ ।

बमकरज्ञद्धद्धण्हद्दघघभपबलतष्उगचअयmअयmदष्लभकगmmभचपख(ण्द्धटद्दण्द्दटण्ठघद्धघछ।वउन
उनले नेपाल कुनै पनि देशको अधीनमा रहन वा कुनै राष्ट्रविरुद्ध उभिन नचाहेको भन्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले पछिल्लो समयम मुलुकमा आपसी असमझदारी बढ्ने गरी बाह्य प्रभावमा तान्ने प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहनुपर्ने बताए । उनले सहिदको त्याग र बलिदानबाट प्राप्त संविधान, लोकतन्त्र, गणतन्त्र र संघीय शासन प्रणालीको रक्षा गर्नु अहिलेको अर्को महत्वपूर्ण जिम्मेवारी रहेको पनि बताए । उनले मुलुकमा लोकतन्त्र स्थापनाका लागि तुल्सीलाल अमात्यले खेलेको भुमिका स्मरण गर्दै वर्तमान पुस्ताले पनि त्यही प्रतिबद्धताका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, ‘देशको अस्तित्वको रक्षा कसरी गर्ने, देशको स्वाभिमान कसरी बचाउने रु देशलाई विदेशीको क्रीडाभूमी बन्नबाट कसरी बचाउने भन्ने चुनौती हाम्रो सामु छ । हाम्रो देश कसैको अधिनमा रहन चाहँदैन । कसैका विरोधमा पनि जान चाहँदैन । सबैसँग मैत्रीभाव राखेर मिलेर अगाडि बढ्न चाहन्छ । त्यसैले हामी सबै मित्र राष्ट्रहरुसँग राम्रो सम्बन्ध बनाउन चाहन्छौँ । यत्रो त्याग र बलिदानबाट प्राप्त संविधान, लोकतन्त्र, गणतन्त्र संघीयतालाई जोगाउनुपर्ने अर्को ठुलो जिम्मेवारी हाम्रो काँधमा छ । सबै देशभक्तजरु गम्भीर हुन जरुरी छ ।’

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ३ : ३९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित