३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

आयल निगम निरन्तर नाफामा


२९ चैत्र २०८१, शनिबार  


सरकारी संस्थान नेपाल आयल निगम पछिल्लो समय निरन्तर नाफामा गइरहेको छ।

निगमले गएको आर्थिक वर्ष २०८०र८१ मा नौ अर्ब ५५ करोड नाफा आर्जन गरेको छ ।

निगमको शुक्रबार आयोजित ४३औँ वार्षिक साधारणसभामा गएको वर्षमा नाफाको विवरण सार्वजनिक गरिएको हो।

निगमले गएको आर्थिक वर्षमा तीन खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गरेकामा तीन खर्ब ६४ अर्ब ५२ करोडमा पेट्रोलियम पदार्थ बिक्री गरेको थियो ।

निगमले त्यस अघिल्लो आर्थिक वर्ष २०७९र८० मा तीन खर्ब ८३ अर्बको पेट्रोलियम पदार्थ बिक्री गरेको जनाएको छ ।

पेट्रोलियम पदार्थको आयात र बिक्रीवितरणमा एकाधिकार रहेको निगमले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउँदै आइरहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शनिबार  २ : ३९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित