२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

पूर्व गृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतकाे अनुमति


४ कार्तिक २०८१, आइतबार  


जिल्ला अदालत कास्कीले अनुसन्धानका लागि पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

कास्की प्रहरीले सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालतसँग अनुमति माग गरेको थियाे।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका आधारमा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हाे।

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा गोर्खा मिडियासँग जोडिएका गितेन्द्रबाबु राई, पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने, सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र पूर्वडिआइजी छविलाल बन्जाडे जोशीलाई कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको थियो।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ८ : ४० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित