११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा, सुरक्षा प्रमुखहरुसंगको ब्रिफिङपछि घाइतेहरुसंग


११ भाद्र २०८३, बिहिबार  


प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० रसुवाको भोटेकोसीमा आएको बाढीबाट भएको क्षति र खोज उद्धार कार्यको निरीक्षणका लागि नुवाकोटको विदुर पुगेका छन् ।

प्रधानमन्त्री बालेनले विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको ‘ब्रिफिङ’ सकेर अहिले घाइतेहरूलाई भेटिरहेका छन् । ‘‘प्रधानमन्त्रीज्यू अहिले बैठक सकेर घाइतेलाई भेटिरहनुभएको छ,’’ उपप्रमुख प्रभा बोगटीले भनिन् ।

प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको ‘ब्रिफिङ’मा प्रधानमन्त्री शाहलाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र जिल्ला प्रहरी प्रमुख विपीन रेग्मीले बाढीबाट भएको मानवीय र भौतिक क्षतिको अवस्थाबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री शाह बिहीबार बिहान सडकमार्ग भएर बाढीबाट भएको क्षति र खोज उद्धार कार्यको निरीक्षणका लागि नुवाकोटतर्फ लागेका थिए । प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिना, वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल पनि रहेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहिबार  १ : ४१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित