प्रधानमन्त्री केपी ओलीले यही वैशाख ११ गते ज्ञानेन्द्रको शाही सत्ता ढलेको दिन बैशाख ११ गते युवा महोत्सव मनाउने बताएका छन् ।
राजतन्त्र फालेर फालेर गणतन्त्र स्थापना भएको अवसरमा युवा महोत्सव मनाउने लागेको बताएका हुन्ह।
बिहीबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले बैशाख ११ गते ज्ञानेन्द्रको शाही सत्ता जनताले खोसेको चर्चा गरे।
प्रधानमन्त्री ओलीले २०६३ साल वैशाख ११ गतेसम्म ज्ञानेन्द्र शाहले जनताको अधिकार खोसेर रैतीमा परिणत गरेको भन्दै त्यसलाई परास्त गरेर जनताका अधिकार जनतामा ल्याएको उनले बताए ।त्यही विजय हासिल गरेको दिनलाई स्मरण गर्दै युवा महोत्सव मनाउन लागेको बताए । त्यसमा सबैलाई सहभागी हुन पनि उनले आग्रह गरे ।
उनले भने, ‘अगुवाइ गर्न नेकपा एमाले कस्सिएको पनि छ । गरिरहेको पनि छ । नीतिगत कुरामा नेकपा एमाले एकदमै स्पष्ट छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हरेक प्रश्नमा नेकपा एमाले स्पष्ट छ । राष्ट्रि नीति के गर्नुपर्छ भन्ने कुरामा नेकपा एमाले स्पष्ट छ ।’
संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट उनले पारे ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्य सम्पादन हुने उनको भनाइ थियो ।
‘अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्न पाइन्छ । चुनाव जितेर एमालेले एकल सरकार बनाएर विकास र समृद्धिका लागि अभूतपूर्व कामको थालनी गरेका बेला त्यसबाट त्रसित भएर प्रतिक्रियावादीको उक्साहटमा हामीलाई विस्थापित गरियो । अहिले संयुक्त सरकारका रुपमा हामी सरकारमा छौं,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको र एमालेले त्यस कामको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी संगठनले देश र पार्टीप्रतिको बफादारितालाई अझ बलियो बनाउनुपर्ने बताए।