२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

प्रेसिडेन्ट बिजनेस ग्रुपद्वारा ‘पक्कु’ फेस्टिबल २०८१काे आयाेजना


१५ आश्विन २०८१, मंगलबार  


रैथाने परिकार ‘पक्कु’काे प्रवर्धन गर्न ‘पक्कु फेेस्टिबल’ २०८१काे आयाेजना हुने भएको छ।

प्रेसिडेन्ट बिजनेस ग्रुपले यसकाे प्रवर्द्धन गर्न यही असाेज १७ देखि २१ गतेसम्म पक्कु फेस्टिबल २०८१ काे आयाेजना गरिएको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएकाे छ। हाेटल प्रेसिडेन्टकाे महाराजगन्जस्थित आउटलेटमा फेस्टिबलकाे आयाेजना हुने पत्रकार सम्मेलनमा जानकारी गराईएकाे हाे।

हाम्राे रैथाने खाना संस्कृति अन्तरगतकाे पक्कु खाना – संस्कृतिकाे संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले पक्कु फेस्टिबलकाे आयाेजना गर्न लागिएको प्रेसिडेन्स बिजनेस ग्रुपका अध्यक्ष शंकर( टीआर) भण्डारीले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन्।

अध्यक्ष भण्डारी भन्छन्,”पक्कु खानाकाे प्रवर्द्धन तथा संरक्षण गर्ने गरि बिजनेस ग्रुपले फेस्टिबलकाे आयाेजना गर्न लागेको हाे। तत्काल व्यवसायीक लाभ भन्दा पनि रैथाने परिकार पक्कुकाे विषयमा जानकारी दिने मुख्य उदेश्य हाे।”


रैथाने खाना संस्कृतिकाे प्रचारप्रसारबाट पर्यटन क्षेत्रमा टेवा दिने फेस्टिबलकाे खास उदेश्य अनुरूप विजया दशमीकाे अवसर पारेर यस्तो कार्यक्रमकाे आयाेजना गरिएकाे हाे । हाम्रो संस्कृति ,परम्परा ,पहिचान ,पाककला, पक्कु खाना संस्कृतिकाे संरक्षण र जगेर्ना गर्ने उदेश्यले फेस्टिबल आयाेजना गर्न लागिएकाे हाे।

पत्रकार सम्मेलनमा विज्ञ गाेबिन्दनरसिंह केसीले पनि पक्कु खानाको विषयमा जानकारी गराएका थिए। पक्कु खाना रैथाने परिकार हाे। मासुकाे एक परिकारकाे रूपमा रहेको यसकाे अहिलेसम्म प्रवर्द्धन र प्रचार भएको पाईदैन । विज्ञ केसीका अनुसार पक्कु, कवाव र सेकुवा भन्दा भिन्न परिकार हाे । कवाफ र सेकुवा आयातित परिकार हुन् भने पक्कु हाम्रो रैथाने परिकार हाे।

परम्परागत सीप र प्रविधि प्रयाेग गरेर यसलाई बनाईन्छ। रैथाने खसी बाेकाकाे मासुलाई गरम मसला प्रयाेग गरि बनाईन्छ। फ्रिजकाे विकास नभएको समयमा मासुलाई धेरै दिनसम्म भण्डार गरेर राख्नका लागि पक्कु खानाकाे विकास भएको पाईन्छ ।पछिल्लो समय गाउँघरमा पक्कु बनाउन छाेडिएकाे छ। पक्कु खानाकाे विषयमा नयाँ पुस्ता त्यत्ति जानकार भएको पाईदैन ।


पक्कु फेस्टिबलले पर्यटन क्षेत्रमा टेवा दिने हाेटेल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेश अध्यक्ष दामोदर नेपालले बताए। हाेटल प्रेसिडेन्टले पक्फेकु फेस्टिबलकाे आयाेजना गरेर पर्यटन क्षेत्रमा नयाँ प्रडक्टकाे रूपमन ब्रान्डिङ गर्न लागेेकाे उनलेे बताए ।पक्कु खानाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि प्रचारप्रसार गर्न सकेमा नेपालकाे पर्यटन क्षेत्र थप टेवा पुग्ने उनको विश्वास छ।


हाेटल क्षेत्रमा पक्कु विल्कुल नयाँ परिकार हाे। यसकाे स्वाद पनि उत्तिकै हुन्छ । नेपाल भ्रमण गर्ने पर्यटक मात्रै हाेईन स्वदेशी पर्यटका लागि पनि एक नयाँ स्वाद हाे।

स्वच्छ वातावरण ,सरल ठेगाना ,गुणस्तरीय सेवा स्वादिष्ट खाना भन्ने संकल्पसाथ संचालित यश हाेटल राजधानी सहित देशका विभित्र शहरमा सेवा विस्तार गर्दैछ । केही दिन अघि काठमाडौमा भव्य कार्यक्रम गरि हाेटल उद्घाटन गरिएको थियोे ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १० : ४५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित