२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

प्रधानमन्त्री भन्छन् – ‘हामीले सहमतिमा संक्रमणकालीन न्याय सम्बन्धि कानुन पारित गर्यौ’


१३ चैत्र २०८१, बिहिबार  


प्रधानमन्त्री केपी ओलीले संक्रमणकालीन न्याय सम्बन्धि कानुन संसदबाट पारित भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

तीन शीर्ष नेताको सामूहिक तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै संक्रमकालीन न्याय सम्बन्धी कानुन केही समय अगाडि संसदबाट पारित गरेको बताएका छन् ।

उनले भनेका छन्, अहिले त्यस सम्बन्धी आयोग बनाउने प्रक्रिया अघि बढेको छ । ‘सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलनमा सहभागी हुने क्रममा मेरा मित्रहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्डु’ सँग सुखद तस्बिर खिचेको भन्दै खुशी व्यक्त गरेका छन् ।

नेताहरूको सामूहिक तस्बिरलाई धेरैले सकारात्मक भनेका छन् । देश बनाउन पनि नेताहरू सामूहिक रूपमा जुटुन् भन्ने धेरै अपेक्षा छ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  १२ : ४५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित