७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

संसदीय चुनावमा ट्रम्पलाई ठूलो धक्का ! इरान युद्धकै कारण पराजय भएको स्वीकार


२० कार्तिक २०८३, बिहिबार  


अमेरिकामा भर्खरै सम्पन्न मध्यवधि निर्वाचन अर्थात संसदीय निर्वाचनमा ट्रम्पको पाटी रिपब्लिकले सर्मनाक हार बेहोरेको छ। दोश्रो पटक राष्ट्रपति भएका ट्रम्कै गलत विदेशी नीतिले निर्वाचनमा हार बेहोर्न परेको हो । रिपब्लिकले निर्वाचन हार्नुको कारण इरान युद्ध भएको अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले स्वीकारेका छन् । उनले मध्यावधि चुनावमा आफ्नो दल रिपब्लिकन पार्टीको पराजयको कारण इरान युद्ध भएको स्वीकारेका हुन् ।

यस विषयमा सामाजिक सञ्जालमा एक्समा लेख्दै उपराष्ट्रपति भान्सले ‘हाम्रो हारको कारण युद्ध हो’, उनले लेखेका छन्, ‘हामी किन हार्‍यौँ भन्ने सबैलाई थाहा छ, अब हामीले के गर्नुपर्छ भन्ने बारेमा निष्पक्ष छलफल यसैबाट सुरु गर्नुपर्छ।’


इरान युद्ध, बढ्दो महँगी र अन्य मुद्दाले यस वर्ष रिपब्लिकन मतदाताहरूले पार्टी त्यागेको उनले उल्लेख गरेका छन्। जसले सन् २०२४ मा आफू र राष्ट्रपति ट्रम्पलाई समर्थन गरेका थिए।यस निर्वाचनमा विपक्षी दल डेमोक्र्याटिक पार्टीले अमेरकी कंग्रेस ९संसद् का दुवै सदनमा बहुमत हासिल गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक दल रिपब्लिकनलाई विस्थािपित गरेको छ। उनले के पनि स्वीकार गरेका छन् भने ट्रम्प प्रशासनको आप्रवासन नीतिप्रति पनि मतदाताहरूको आपत्ति थियो।मतदाता रिपब्लिकनसंग बेसरी रिसाएपछि पराजित भएको हो । पार्टीले अब यस नीतिमा केही सुधार गर्ने भान्सले बताएका छन् ।


यसैगरी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि मध्यावधि चुनावमा आफ्नो दल रिपब्लिकन पार्टीको हार हुनुमा इरानविरुद्धको युद्ध कारण भएको स्वीकार गरेका छन्। उनले निर्वाचनका बेला इन्धनको मूल्य बढ्दा रिपब्लिकन पार्टीलाई हानि भएको बताएका हुन्। जारी मतगणनामा संसद्‌का दुवै सदनमा रिपब्लिकन पार्टीले बहुमत गुमाउने र विपक्षी डेमोक्र्याटिक पार्टीको जित लगभग निश्चित भएपछि ट्रम्पले फक्स न्युजसँग कुरा गर्दै यसमा इरान युद्ध कारक भएको स्वीकार गरेका हुन्। यद्यपि उनले भनेका छन्, ‘तर म यो चुनावी नतिजालाई आफ्नो राष्ट्रपति कार्यकालको झट्का ठान्दिनँ।’उनले डेमोक्र्याटहरू यो ठूलो विजय प्राप्तिका लागि वर्षौंदेखि प्रयासरत रहेको र अन्ततः लक्ष्य हासिल गरेको पनि बताए। ट्रम्पले डेमोक्र्याटहरूलाई ‘राम्रो काम’का लागि बधाई पनि भने।

यद्यपि निर्वाचनको अन्तिम नतिजा आइसकेको छैन। यसपटक मध्यावधि चुनावमा हाउस अफ रिप्रेजेन्टेटिभ्स अर्थात प्रतिनिधि सभाका सबै ४३५ सिटका लागि मतदान गरिएको छ। जसमा अहिलेसम्म विपक्षी डेमोक्र्याटिक पार्टीले २२७ सिटमा अग्रता लिइरहेको छ भने राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टी १४२ सिटमा मात्र अगाडि देखिएको छ।यस्तै अमेरिकाको माथिल्लो सदन सिनेटका १०० सिटमध्ये ३५ सिटका लागि चुनाव भएको छ। जसमा अहिलेसम्म ३१ सिटको नतिजा घोषणा भइसकेको छ।यीमध्ये डेमोक्र्याटिक पार्टीले १९ र रिपब्लिकन पार्टीले १२ सिट जितेका छन्। बाँकी चार सिटको मतगणना जारी छ।यो मध्यावधि निर्वाचनले ३६ राज्यका गभर्नर पनि चुन्दै छ। यीमध्ये ३१ राज्यको नतिजा घोषणा भइसकेको छ।जसमा डेमोक्र्याटले २० र रिपब्लिकनले ११ सिट जितेका छन्। पाँच राज्यमा मतगणना जारी छ।

यसैगरी अमेरिकी कंग्रेस ९संसद० का दुवै सदनमा बहुमत हासिल गर्न फरक–फरक संख्यामा सिट आवश्यक पर्छ। सिनेटमा बहुमतका लागि ५१ सिट आवश्यक पर्छ। सिनेटमा कुल १०० सिट छन्।हाल रिपब्लिकन पार्टीसँग ५३ सिट छन् भने डेमोक्र्याटिक पार्टीसँग ४५ सिट छन्।अनि डेमोक्र्याटिकसँग काम गर्ने दुई स्वतन्त्र सांसद छन्। यसले दुई दलबिच ५३ः४७ सिटको अनुपात सिर्जना गरेको छ। बहुमतका लागि ५१ सदस्यको समर्थन चाहिन्छ। दुवै दलसँग ५०–५० सिट भए भने उपराष्ट्रपति जेडी भान्सले निर्णायक मत दिन सक्छन्।

हाउस अफ रिप्रेजेन्टेटिभ्समा बहुमतका लागि २१८ सिट आवश्यक हुन्छ।अमेरिकी संसद्‌को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा कुल ४३५ सिट छन्। बहुमतका लागि २१८ सिट आवश्यक पर्छ।यसपटक हाउसका सबै ४३५ सिटका लागि चुनाव हुँदै छ, जसको अर्थ प्रत्येक सिटमा प्रतिस्पर्धा हुनेछ। २१८ वा त्यो भन्दा बढी सिट जित्ने पार्टीले हाउसमा बहुमत प्राप्त गर्ने अमेरिकी संविधानको व्यवस्था छ । विश्वको महाशक्ति राष्ट्र अमेरिकाको संसदीय निर्वाचन सर्वाधिक चासो बनेको छ। यस निर्वाचनले राष्ट्रपति ट्रम्मामाथि राजनीतिक दबाब दिएको छ, भने पाटीले जनमत गुमाएको छ। यसले आगामी राष्ट्रपतिको निर्वाचनमा पनि प्रभाव पार्ने विश्लेषणहरु भइरहेका छन् । अमेरिकी चुनावले अंक गण्ति फ।रक परेपनि विदेश नीतिमा उनीहरुमा खासै अन्तर हुदैन । हिजो बाइडेनले पनि युद्ध गर्न रहर गर्दथे अहिले ट्रम्पले पनि उही शैली दोहो¥याएका छन् । ००

प्रकाशित मिति : २० कार्तिक २०८३, बिहिबार  ५ : ४६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित